Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

बजारमा तरकारी पाँउनै छोड्यो


सुरिता बस्नेत
जाजरकोटको । जिल्लाको स्थानिय बजारमा तरकारीको अभाव भएको छ । बर्सात लागेसंगै यी स्थायिन बजारमा तरकारीको अभाव भएको हो । सदरमुकाम समेत रहेको खलंगा बजारमा तरकारी पाइन छोडेको छ । बजारमा टमाटर, काउली, बन्दा, फर्सी लगायतका तरकारी पाइनै छेडेका छन् । बजारमा तरकारीको माग उच्च छ तर तरकारी पाइनै छेडेको व्यापारीहरु बताउछन् ।

व्यावसायीक रुपमा तरकारी खेती व्यावस्थापन हुन नसक्दा बजारमा तरकारीको अभाव भएको हो । भेरी नगरपालिकाका बिभिन्न स्थानमा कृषकहरूले अलिअलि मात्रै तरकारी खेति गर्ने र त्यो तरकारी गाउँमै नपुग्ने समस्या छ । बेमौसमी तरकारी खेति गर्छाैं तर मौसमले साथ दिदैन कृषकहरू गुनासो गर्छन ।

तर कृषकले उत्पादन गरेको तरकारी बजारमा नपुग्दै सकिने गरेको छ । जिल्लाका अरु स्थानिय बजारमा पनि तरकारीको अभाव छ । थलहबजार, मोर्क बजार, छेडा बजार, कालीमाटी लगायतका बिभिन्न स्थानमा तरकारीको अभाव भएको छ ।

नेपालगन्ज र रूपैडिहबाट हिउँदमा आउने तरकारी बर्खामा ठाउँ ठाउँमा बाटो बिग्रेका कारण तरकारी को अभाव भएको तरकारी पसलेहरूको भनाइ छ । जाजरकोट पुग्नका लागि ठाउँ ठाउँमा बाटो बिग्रेकोले तरकारी जिल्लामा पुग्न सकेको छैन बल्लतल्ल तरकारी जाजरकोटको बसपार्कमा पुग्छ तर ठाँटीबजार आउने बाटो भत्किएकाले तरकारी बोक्ने भरियाले निकै महङ्गो भाडा लिन्छन् अनि तरकारी महङ्गिने गरेको बताउछन् व्यापारी कमला बुढा ।

त्यस्तै कुशेगाउपालिकाको पाँचकाटिया बाट आउने आलु पनि यहि बाटो का कारण आउन छाडेको छ कहिलेकाही घोडामा आएको आलुको मुल्य पनि आकाशियको छ यसरी तरकारीको अभाव र मुल्य आकासिदा स भाडामा बसेर खलंगामा पढिरहेका गाउँ का बिध्यार्थीहरू बढी मारमा परेका छन् ।


ताजा समाचार