Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

बालमैत्री स्थानीय शासन निर्माण गर्ने तयारीमा छेडागाड

जाजरकाेट,५ भदाै ।  जाजरकोटको छेडागाड नगरपालिका बालमैत्री स्थानीय शासन निर्माण गर्ने तयारीमा जुटी रहेका छन् । ‘बालबालिकामा लगानी, ल्याउछ सुनौलो बिहानी’ भन्ने मुल नारा सहित छेडागाड–४ र ११ बालमैत्री स्थानीय शासन निर्माण गर्ने तयारीमा जुटी रहेका हुन् ।

बालमैत्री स्थानीय शासन निर्माण गर्नु अगाडी छेडागाड नगरपालिकाको–४ र ११ नम्बर वडामा बालमैत्री स्थानीय शासन सम्बन्धि तीन–तीन दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका बाल संरक्षण अधिकृत अन्जु भट्टराईले जानकारी दिईन् । उक्त अभिमुखीकरणमा सम्बन्धित वडाका जनप्रतिनीधि, बाल क्लवका पदाधिकारी, बाल संरक्षण समितिका पदाधिकारी तथा सदस्यहरु लगाएतका झण्डै ४० जनाको सहभागिता रहने अधिकृत भट्टराईको भनाई रहेको छ ।

बालमैत्री स्थानीय शासन निर्माण पुर्व आयोजित बालमैत्री स्थानीय शासन सम्बन्धि तीन दिने अभिमुखीकरण कार्यक्रमको मुख्य उदेश्य बाल अधिकार र बाल संरक्षणमा सबैको बुझाईमा समानता ल्याउनु, बालमैत्री स्थानीय शासनका सिद्धान्त, रणनीति र सुचकहरुकावारेमा सबैलाई जानकारी गराउनु, बालबालिकाका क्षेत्रमा लगानी योजनाको निर्माण र सुचकहरुको स्थानीयकरणका लागि छलफल गर्नु, बालमैत्री आचारसंहिताको निर्माण र प्रतिवद्धता संकलन गर्ने, बालमैत्री स्थानीय तह घोषणाका लागि आधार स्तम्भ तयार गर्नु रहेको अधिकृत भट्टराईको भनाई रहेको छ ।

छेडागाड नगरपालिकाको वडा नम्बर–११ झाप्रामा आईतवार देखि सुरु भएको बालमैत्री स्थानीय शासन सम्बन्धि तीन दिने अभिमुखीकरण कार्यक्रम मंगलवारसम्म सञ्चालन हुने पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका सचिव रमेश सिंहले वताए । अभिमुखीकरण पश्चात वडाका जनप्रतिनीधिहरुले बालमैत्री स्थानीय शासन निर्माण गर्नेमा आफुहरु बिश्वस्त भएको सचिव सिंहको भनाई रहेको छ ।

बच्चालाई केन्द्र बिन्दुमा राखेर बिभिन्न कृयाकलापहरु सञ्चालन गर्दै आईरहेको सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा एकीकृत परियोजनाले बालमैत्री स्थानीय तह बनाउनमा सहयोग गर्दै आएको एकीकृत परियोजना, जाजरकोट संयोजक मनोज सुनुवारले जानकारी दिए । उनले तीन दिन सम्म सञ्चालन हुने बालमैत्री स्थानीय शासन सम्बन्धिको अभिमुखीकरण कार्यक्रम सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले सञ्चालन गरेको वताए ।


ताजा समाचार