Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

भेलपहिरोले एकै घरका ३३ खसिबाख्रा बगायो

जाजरकोट । शनिवार राति आएको बर्षा संगैको भेलपहिरोले तिमिलेका एकै घरका ३३ वटा बाख्रा बगाएको छ । भेलपहिरोले भेरी नगरपालिका २ तिमिलेका अम्लाल पुनका ३३ वटा भेडा बाख्रा बगाएको हो ।

दिउसो जंगलमा चरेर बेलुका खोला किनार नजिकै बास बसेका ४१ वटा बाख्रा मध्य ३३ वटा बाख्रालाई खोलाले बगाएको पुनले बताए । राति करिव ११ बजेतिरको भेल पहिरोले आफ्ना बाख्रा बगाएको उनले बताए ।

आइतवार बिहान ७ वटा बाख्रा खोलाको नजिकै फेला परेका र केही तल्लो सांटामा फेला परेका थिए । भने अरु बाख्रा व्यपत्ता भएका छन् । ७–८ वटा ठुला खसि सहितका बाख्रा खोलाले बगाउदा लाखौको क्षति भएको पुनले बताए । सोमवार भेरी नगरपालिकामा प्रहरी मुचुल्का सहितको राहतको लागि निवेदन दिएका उनले बताए ।


ताजा समाचार