Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

पहिरोमा सन्तान गुमाएका परिवारलाई भेरी नगरपालिकाद्धारा राहत वितरण


जाजरकोट । भेरी नगरपालिकाले पहिरोमा परि सन्तान गुमाएका घरपरिवालाई राहत रकम हस्तान्त्रण गरेको छ । गत साउन २० गते विहान खलंगाको ठाँटीमा गएको पहिरोमा परि मृत्यु भएकाका आफन्तलाई नगरपालिकाले राहत रकम हस्तान्त्रण गरेको हो ।

सोमवार नगरपालिकाको कार्यालयमा मृतकका आफन्तलाई प्रति मृतक ३० हजारका दरले रकम हस्तान्त्रण गरिएको छ । पहिरोमा छोरी गुमाएका बारेकोट गाउँपालिका ४ का तिर्थ बोहोरालाई नगत ३० हजार हस्तान्त्रण गरिएको छ । कार्यवाहक नगर प्रमुख दिपक राना र प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम बेल्बासेले बोहोरालाई राहत रकम हस्तान्त्रण गरेका हुन् ।

पहिरोमा परि वोहोराकी ५ बर्षिय छोरी नज्मा बोहोराको ज्यान गएको थियो । त्यस्तै पहिरोमा परि मृत्यु भएका कुशे गाउँपालिका ५ का एकै घरका १३ बर्षका दसरत परियार र ९ बर्षका गोविन्द परियारका हकदारलाई ६० हजार रुपैँया राहत रकम प्रदान गरिएको छ । उनिहरु एकै घरका दाजुभाई हुन् ।

मृतकका दिदि सर्मिला रोकायलाई उक्त राहत प्रदान गरीएको हो । सोमावार दुई जनाले मात्रै राहाक रकम बुझेका छन् । अरु आफन्त सम्पर्कमा नआएकले उनिहरुलाई पछि राहत दिइने प्रमुख प्रशासकिय अधिकृत बेल्बासेले बताए ।

कुशे गाउँपालिका ६ का कृष्ण बहादुर परियार, कुशे गापा ५ कै प्रेमबहादुर परियार, भेरी नगरपालिका ६ का लालबहादुर लोहार राहत बुझ्न बाँकी रहेका छन् । पहिरोमा परी घाइतेभएका लालबहादुर लोहारलाई उतिवेलै २० हजार उपचार खर्च भेरी नगरपालिकाले दिएको थियो । लगातार बर्षा पछिको पहिरोले एकै घरका ४ जना सहिट ९ जनाको ज्यान लिएको थियो ।


ताजा समाचार