Loading... आजः शनिबार, अशोज २, २०७८

उपचारको अभावमा सुत्केरीको मृत्यु

सुरीता बस्नेत ।
जाजरकोट । उपचारको अभावमा जाजरकोटमा एक सुत्केरीको ज्यान गएको छ । सुत्केरी पछि अत्याधिक रक्तश्राव हुदा उपचारको अभावमा सुत्केरीको ज्यान गएको हो ।

कुशे गाउँपालिका ८, चाल्नाकी ४१ बर्षिय लालसरी रोका मगरको साउन २९ गते ज्यान गएको हो । दिउसो करिव १२ बजेतिर छोरी जन्माएकी रोकामगरको साल अड्किएर रक्तश्राव नरोकीदा ज्यान गएको स्वास्थ्य चौकी पैंकका दिक्पाल आर.सीले जानकारी दिए ।

नवजात सिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उपचारको लागी समयमै स्वास्थ्य संस्थामा पुर्यान नसक्दा उनको ज्यान गएको उनको भनाई छ । औषधी सेवान गरी घरमै दुई पटक गर्भपतन गराएकी उनले बताए ।


ताजा समाचार