Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

बाढीले पुल बगाउदा चार सय बढी विद्यार्थीको पढाइ  बन्द

जाजरकाेट,१ भदाै । वर्षातका कारण  खोलामा आएको बाढीले पुल बगाउदा जाजरकोटको नलगाड नगरपालिकाका विभिन्न विद्यालयका चार सय बढी विद्यार्थीको पढाइ  बन्द भएको छ। बाढीले २ पक्की र ४ वटा काठेपुल बगाएको छ।बुधवार नलगाड नगरपालिकाको  ३ देखि ६ नं वडासम्मका वस्तीहरुमा बाढीले वितन्डा मच्चाउँदा पुलमात्र नभइ खेत र घर पनि बगाएको छ।
झुप्रा खोलामा आएको वाढीले पुल वगाउँदा नगरपालिका भित्रका दुइ मावि र अन्य चार प्राथमिक एवं आधारभुत तहमा पढ्ने चार सय विद्यार्थीहरु पुल अभावमा स्कुल जान नपएकाे नलगाड नगरपािलकाका नगर प्रमुख टेकवहदाुर राववले जानकारी दिए ।हाल कुनै  पक्की पुल वनाउन सकिने अवस्था नभएपछि आफुहरुले खोलामा काठ राखेर वारपार गर्ने व्यवस्था मिलाउन खोजेको तर त्यो पनि तत्काल सम्भव नभएको प्रमुख रावलले वताए। खोलाको वहाव नघटेको र काठको अस्थायी लाप्को वारपार गर्ने काठ वनाउन सहज नभएका कारण समस्या परेको उनको भनाइ छ। नगर प्रमुख रावलका अनुसार वाढीले पुल वगाउँदा त्रिभुवन माध्यमिक विद्यालय दल्ली, सुर्याेदय मावि कैना, जनता प्रावि पिपलचौर, जनकल्यान आधारभुत विद्यालय सेराखेत, जुनी वाल संरक्षण माध्यमिक विद्यालय सिर्के, त्रिभुवन प्राथमिक विद्यालय दल्ली, क्रियटीभ वोर्डिङ् स्कुल दल्लीका चार सय वढी विद्यार्थीहरु पढाइवाट वञ्चित भएका छन्।

विभिन्न गाउँवाट खोला तरेर विद्यालयमा पढ्न आउने विद्यार्थीहरु पुल खोलाले वगाएपछि स्कुल जान नपाएको  वताउछन्। ‘कहिले पुल वन्ने हो र स्कुल जाने हो,’ त्रिभुनव मावि दल्लीको कक्षा १० मा पढ्ने सुदामप्रकास गौतमले भने ‘पुल भत्किएपछि स्कुल जाने वाटो नै छैन पढाइ छुट्ने भयो,।’ यस्तै जनकल्यान आधारभुत विद्यालय सेराखेतको कक्षा ६  मा पढने  विनिता पुनले पनि  खोलाले पुल बगाएका कारण आफु तीन दिन देखि स्कुल जान नपाएको बताइन्।

यस्तै अविरल बर्षा कारण आएको पहिरोले नलगाड नगरपालिकाकै वडा नम्वर ३ चाउलेचौरमा ८ वटा खानेपानीका मुहानहरु वगाउँदा  एक सय घरका स्थानीयहरु वलेन्द्रीको पानी पिउन बाध्य भएका छन्। कैना खोला, झुप्रा खोला, हम्का खोला गरि तीन वटा खोलामा आएको बाढीले नयाँ पुराना पुल, खेत, वारी, घट्ट, घर बगाउनुका साथै अन्य क्षति पुर्‍याएकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ । साथै बाढि पहिराेले पानीको मुहान भत्केका कारण स्थानीयहरु फोहर पानी पिउन बाध्य भएको र यसले सरुवा रोगको संक्रमण बढ्न सक्ने खतरा बढेको
स्थानिय हरूले वताए।
यता प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष ललितकुमार वस्नेतले कालीमाटी र झुप्रा खोलामा पक्की पुल भत्किएर आवागमनमा असर परेकोले तत्काल पुल निर्माणको पहल गर्न गृहमन्त्रालयलाइ अनुरोध गरिएको वताए। उनले स्थानीय सरकार र अन्य सरोकारवाला निकायलाइ यसमा आवश्यक पहल लिन आग्रह समेत गरे।

करडौं लागतका भौतिक संरचना नष्ट गर्ने गरि मंगलवार राती देखि नलगाड नगरपालिका–२, ३ र ४ स्थित झुप्राखोलामा आएको बाढीले ट्रष्टबृज बगाएपछि बारेकोट गाउँपालिकामा आवत–जावत गर्न पूर्णरुपमा बन्द भएको छ । खोला तर्नलाई अन्य बिकल्पहरु नभएपछि विद्यालयको पठनपाठन पूर्णरुपमा बन्द गरिएको छ ।पठनपाठन बन्द गरिएका बिद्यालयहरुलाई तत्काल सञ्चालनमा ल्याउनुको साथै बारेकोट गाउँपालिकाका नागरिकहरुको आगमनलाई सुचारु तथा सहज बनाउनलाई अस्थायी रुपमा काठको पुल निर्माण गर्न थालिएको नलगाड नगरपालिकाका प्रमुख रावलले जानकारी दिए ।

नलगाड नगरपालिका–२ छेप्का देखि ५ कालीमाटी जोड्ने झुप्रा खोलामा रहेको ट्रष्टबृज बाढीले बगाएपछि बन्द भएको आगमनलाई सुचारु गर्न शुक्रवार देखि नै नगरपालिकाले काठेपुल निर्माण गर्न थालेको नगर प्रमुख रावलले वताए । काठेपुल निर्माणको लागि नगरपालिकाका प्राविधीक, जनप्रतिनीधि सवै फिल्डमा खटीसकेका छन् नगर प्रमुख रावलले भने–‘जनताको सबै भन्दा नजिकको सरकार नगरपालिकावाट तत्कालिन समस्या समाधान गर्नुको साथै दीर्घकालिन समस्या समाधान गर्नका लागि संघ, प्रदेश सरकारलाई अनुरोध गर्ने छौं ।’

मंगलवार राती देखि बुधवारसम्म आएको बाढीले गरेको क्षेति बिबरण संकलन गर्नका लागि नलगाड विपद ब्यबस्थापन समितिको बैठक बिहिवार नै बसेर ३ वटा जाँचबुझ समिति गठन गरिएको नगर प्रमुख रावलले जानकारी दिए । नगरपालिकाको वडा नं। १, २ र ३ मा बाढीले गरेको क्षेति बिबरण संकलन गर्न तथा अबस्थाको जाँचबुझ गर्न वडा नं ३ का वडा अध्यक्ष प्रचण्ड वली संयोजक रहेको ५ सदस्य जाँचबुझ समिति गठन गरिएको छ । जसको सदस्यमा लक्ष्मण सिंह, गणेश खत्री, लालमणी जैसी, सुदिप गिरी र लालबहादुर वली रहेका छन् । त्ययैगरी वडा नं। ४, ५ र ६ मा बाढीले गरेको क्षेति बिबरण संकलन गर्न तथा अबस्थाको जाँचबुझ गर्न वडा नं। ४ का वडा अध्यक्ष लक्ष्मी बहादुर रावलको संयोजकत्वमा ५ सदस्य जाँचबुझ समिति गठन गरिएको छ । जसको सदस्यमा मोहन विक, जनकबहादुर खड्का, दामोदर गौतम र सुरक्षाकर्मी भीमबहादुर खत्री रहेका छन् ।

त्यसैगरी वडा नं। ७, ८, ९, १०, ११, १२ र १३ मा बाढीले गरेको क्षेति बिबरण संकलन गर्न तथा अबस्थाको जाँचबुझ गर्न वडा नं। १२ का वडा अध्यक्ष लालबहादुर खत्रीको संयोजकत्वमा ६ सदस्य जाँचबुझ समिति गठन गरिएको छ । जसको सदस्यमा डम्बरबहादुर रावत, भगवती जैसी, हरिलाल, बिजय चौधरी र जयबहादुर वली रहेका छन् ।

बाढीवाट भएको क्षेति बिबरणको अभिलेखीकरण गर्नका लागि नलगाड नगरपालिकामा कार्यरत गोपाल प्रशाद शर्मालाई सम्पर्क व्यक्ति तोकिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर सिंहले जानकारी दिए ।

बाढी पिडितलाई तत्काल आंशिक तथा पूर्ण राहत दिनु पर्ने अबस्था आएमा वडा समितिको सिफारिस भई आएमा मात्र राहत दिन सकिने विपद ब्यबस्थापन समितिको बैठकले निर्णय लिएको बुझिएको छ । बैठकवाट गठित तीनवटा जाँचबुझ समितिले भदौ ३ गते भित्रै आ–आफ्नो कार्यक्षेत्रको प्रतिवेदन नगरपालिकाको कार्यालयमा बुझाई सक्नु पर्ने निर्णय गरिएको छ ।

बिपद ब्यबस्थापन समितिको बैठक लगतै बसेको नलगाड नगरकार्यपालिकाको बैठकले सयौ हराभरा रमणिय क्षेत्र र खेतीयोग्य जमिनहरु बाढीले बगाएर नष्ट गरी उराठलाग्दो बगरमा परिणत गरेकोमा दुःख ब्यक्त गरेको छ । बाढी पिडितहरुलाई विभिन्न निकायवाट वितरण गरिने राहत सामाग्रीहरु एकद्धार प्रणाली नगरपालिका मार्फत वितरण गर्ने निर्णय गरिएको छ । उद्योग बाणिज्य संघ, जाजरकोटले बाढी पिडितहरुका लागि दाल, चामल, नुन, तेल, कम्बल, पाल लगाएतका सामाग्रीहरु राहत स्वरुप बितरणका लागि नलगाड नगरपालिकालाई बिहीवार नै हस्तान्तरण गरेको छ ।

बिपद ब्यबस्थापन तथा नगर कार्यपालिकाको बैठकमा जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल, उद्योग बाणिज्य संघ, जाजरकोटका प्रतिनीधि, होटेल ब्यबसायी संघ, राजनैतिक दलका प्रमुख तथा प्रतिनीधि र सुरक्षाकर्मीहरुको पनि उपस्थिती रहेको थियो ।


ताजा समाचार