Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

नेकपा प्रदेश नं. ५ बाट एक्लाे महिला पदाधिकारी बनिन् घर्ती ।

राेल्पा १ भदाै ।  नेपाल कम्युनिस्ट पार्टी प्रदेश नं. ५ बाट एक्लाे महिला पदाधिकारी बनिन् ईश्वरी घर्ती तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी राेल्पाले युबा सचिव पाएकाे छ । जिल्ला कमिटीले नयाँ नेतृत्व पाएपछि पूर्बपत्रकार तथा युवा नेतृ ईश्वरी घर्ती, नेपाल कम्युनिष्ट पार्टी रोल्पाको सचिब बनेकी हुन् ।

नेपाल कम्युनिष्ट पार्टी रोल्पाको अध्यक्ष पूर्ब माओबादी र सचिब पूर्ब एमालेको भागमा परेपछि नेतृ सचिब बनेको, नेकपा नेता कुमार दसौदीले जानकारी दिए । जिल्ला सचिबका लागि, पूर्बपार्टी प्रदेश कमिटिले सिफारिस गरेको थियो भने केन्द्रिय कमिटिले नेतृ घर्तीलाई अनुमोदन गरेको हो ।

प्रेस चौतारी रोल्पा शाखाको अध्यक्ष, पत्रकार महासंघ रोल्पा शाखा सचिब समेत भईसकेकी घर्ती ०७४ सालको समानुपातिक तर्फ प्रदेशसभा सदस्य बन्न असफल भएकी थिइन । उनी तत्कालिन नेकपा एमाले जिल्ला कमिटि रोल्पाकी सदस्य तथा अनेमसंघ अध्यक्ष हुन् ।


ताजा समाचार