Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

जागिरकाे पिडा (गजल)

जागिर खान भन्दा पनि जिम्मेवार हुन सिक्दैछु ।
जहाँ जे जस्तो पर्छ आट्ने दमदार हुन सिक्दैछु ।।
कि खरानी कि स्पात एक दृढ सङ्कल्प छ मनमा ।
कर्मपथको आदर्श बोकेर खुनखार हुन सिक्दैछु ।।
जिनमै इमान्दारिता र कर्तव्यबोध लिएर आएछी । 
कामचोर र बाहनाबाजी विरुद्ध प्रहार हुन सिक्दैछु।
रगतमै बगेको छ कर्मको खेती कर्मयोद्धाको छोरो ।
कुरा भन्दा कर्मको खेतीको फरक धार हुन सिक्दैछु ।।
हरेकको आफ्नो जिवन दर्शन हुन्छ आ-आफ्नो कर्म ।
कर्म गर तर फलको आश नगर यहि सार हुन सिक्दैछु ।।

बिष्णुकुमार खड्का
उपप्राध्यापक
मध्यपश्चिमाञ्चल विश्वविद्यालय


ताजा समाचार