Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

उद्योग बाणिज्य संघ द्धारा बाढिपहिरो पीडितलाई राहत वितरण


विनोद कुमार घर्ती
जाजरकोट, ३१ साउन ।
जाजरकोटको नलगाड नगरपालिकाका बाढीपहिरो पीडित परिवारको उद्धार र राहत सामाग्री वितरण गरिएको छ । नलगाड नगर उद्योग बाणिज्य संघ शाखाले बाढीपहिरोबाट मृत्यु र विस्थापित हुने परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । बिहिवार घटना स्थलमा पुगि नलगाड नगरपालिकाका उपमेयर बालकुमारी बस्नेत र उद्योग बाणिज्य संघ जाजरकोटका वरिष्ठ उपाध्यक्ष शिव बहादुर हमालको बाढि पहिरोका पिपडतहरु लाइ दाल, नुन, तेल, चामल, कम्बल, पाल लगायत आपत कालिन सामाग्री बितरण गरिएका थिए ।

बाढि पहिरोबाट धेरै धनजनको क्षति भएका ४ घर परिवारको उद्धार गरी अर्काे व्यवस्था नभएसम्मका लागि नगर उद्योग बाणिज्य संघ कालिमाटीको संरक्षणमा रहने बताइएको छ । उद्योग बाणिज्य संघ जिल्ला शाखा जाजरकोटका अध्यक्ष कर्ण बहादुर खत्री संस्थाको कामको शिलसिलामा काठमाण्डौ गएकाले जिल्ला संघको नेतृत्व संघका वरिष्ठ उपाध्यक्ष शिब वहादुर हमालले गरेका थिए । हमालको नेतृत्वमा संघका महासचिव ईश्वरी खत्री (देवकोटा), जनजाती सदस्य गणेश थापा, संघका जिल्ला सदस्य दुर्गराज श्रेष्ठ सहितको टोलि घटना स्थलमा पुगि राहत वितरण गरी उद्धार कार्यमा समेत महासंघले सक्रीएता देखाएको छ । मंगलबार रातीदेखि परेको अविरल वर्षातले जाजरकोटको नलगाड नगरपालिका स्थित झुमरा खोलामा तेस्रो दिनपनि बाढी आउने क्रम रोकिएको छैन ।


बाढीले नदी आसपासको क्षेत्र तथा धान खेत कटान तिव्र पारेको छ । पहिरोले विहिवार थप २ घर बगाएको छ भने २५ घर विस्थापीत भएका छन् । विहिवार नलगाड नगरपालिका ३ करुवा स्थित आग्राचौरका जयबहादुर घर्ती र ४ सेराखेतमा कुशबहादुर पन्तको घर बगाएको छ । नलगाड नगरपालिका ३ सानावन गाउँ तिर पहिरो जाने क्रम नरोकीदा गाउँ जोखिममा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक रविन्द्र बहादुर सिंहले बताए । उपरिक्षक सिंहका अनुसार हाल बाढि पहिरोले हेमन्त बुढा, डम्बर बुढा, भद्रबहादुर बुढा, मोहन बुढा, गोपाल रोकाय, लालबहादुर बुढा, गोरे राना, अमर राना, छवि राना, मनबहादुर बुढा, कर्णबहादुर बुढा, रणबहादुर रोकाय, डिलबहादुर रोकाय, कर्णबहादुर रोकाय लगाएत २५ घर परिवार विस्थापित भएको स्थानीय जानकारी दिए ।


विस्थापित परिवार लालिगुरास प्राथामिक विद्यालय, चाउलेचौर, पारीकरुवा गाउँमा सुरक्षित स्थानमा सारीएको उपरीक्षक सिंहले बताए । पहिरोले ७ किलोवाटको सिलिपलाउन लघु जलविद्युतको पावर हाउस बगाउँदा १ सय घर विजुली बत्तीको सुविधाबाट बञ्चित भएको नलगाड नगरपालीका श्रोतले जानकारि दिएको छ । सानाबनबाट पारी करुवागाउँ, औल, कट्के जानेआउने ७ वटा स्थानका काठेपुल बगाएपछि गाउँनै नाका वारपार बन्द भएको स्थानिय हरुलाइ दैनिक आवत जावतमा समस्या भएको छ । एक गाउँबाट अर्को गाउँ जाने बाटो समेत छैन । वाढी पहिरोबाट स्थानीय त्रसित छन् । बाढी पहिरोले खानेपानीका धारा पाइप समेत बगाएको छ । पहिरो प्रभावित सानाबन गाउँमा ३ दिनसम्म पनि सरकारी निकाय नपुगेको स्थानीय मिश्रि पुनले बताए ।


यता प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले दिएको जानकारी अनुसार नलगाड नगरपालिका वडा नं। ५ कालिमाटीस्थित चिप्ले खोलाले डाँडागाउँ र कालीमाटी जोडने ट्रान्सब्रिज पुल, ६ वटा घुम्ती, २ घट्ट, त्रिवेणी चोकमा रहेको राम बहादुर नेपालीको धान कुटने मिल समेत बाढिले बगाएको बताए । त्यस्तै नलगाड नगरपालिका वडा नं। १२ तलछहरा बस्ने राम बहादुर बस्नेतको घरको ढुँगाको पर्खाल र ढलान गरिएको १ तले घरको पछाडिको भाग नदिले कटान गरि भत्केको,मकैबारी समेत कटान गरेको प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले बताए ।

राति देखी परेको अविरल वर्षातको कारण भेरी नदिले नलगाड नगरपालिका वडा नं. १२ तल्लु बगर र आठविसकोट नगरपालिका वडा नं। ५ मा जाजरकोट र रुकुम जोडने भेरी नदिमा रहेको झोलुङ्गे पुलको पिल्लर नदिले कटान गर्नुका साथै नलगाड नगरपालिका वडा नं। ३ कैना बस्ने गोकर्ण चन्दको घर र गोठ बगाएको बताए हाल नेपाल प्रहरी शस्त्र प्रहरी ,नेपाली सेना परिचालन गरिएको थप बिवरण आउन बाकि रहेको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए । राष्ट्रियसभाको आज बसेको बैठकको विशेष समयमा बोल्दै राष्टिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले जाजरकोट जिल्लाम गएको बाढीपहिरो र वर्षातले पीडित जनतालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

सांसद श्रेष्ठले जाजरकोटका बाढीपीडित जनतालाई राहत उपलब्ध गराउन र आवश्यक स्थानमा पुल निर्माण गरी आवतजावत सहज बनाउर्न बिहिवार सरकारको ध्यानाकर्षण गराएका थिए । यस्तै संसद काली बहादुर मल्ल रमेशप्रसाद यादवले पनि जाजरकोट जिल्लाम भएको धन जनप्रति सरकार गम्बीर हुनुपर्नेमा जोड दिएका थिए राष्टिय सभाको बैठकमा बिशेष समयमा बोल्दै जाजरकोट जिल्ला बाढि उहिरोको उच्च जोखिम भएकोले सरकारले तत्काल पिडित लाइ राहत र बिचलीत परेका पहिरो पिडितलाइ सार्नु पर्नेमा जोड दिएका थिए ।
यस्तै प्रदेश सभा सदस्य गणेश प्रसाद सिंह र कौशिला वती खत्रिले जाजरकोट जिल्लाम भएको जनधन प्रति गहिरो दुख ब्यक्त गरे हाल जाजरकोट जिल्लाले भाग्दै आएको दैनीक यस्तो घटना प्रती प्रदेश सरकार लाइ दैनीक घचघचाइ रहेको बताए ।

पहिरोबाट भएको क्षति सम्बन्धमा प्राप्त क्षतिको विवरण
क. भेरी नगरपालिका
१) मिति २०७५।०४।२९ गते जिल्ला जाजरकोट भेरी न।पा। वडा नं। २ बस्ने ओमलाल पुनका ४३ वटा बाख्रा जंगलमा चर्न गएकोमा ७ वटा बाख्रा घरमा आएको, ३ बटा बाख्रा लहरेखोलामा मृत अवस्थामा फेला परेको, ३३ वटा बाख्रा अझै फेला नपरेको ।
२) मिति २०७५।०४।३० गते भेरी नगरपालिका वडा नं। ४ मा रहेको जिल्ला कृषि विकास कार्यालय नजिक रुख ढलेर सडक अवरोध भएको, सोही स्थानमा बस्ने रत्न बहादुर हमालको शौचालय पहिरोले भत्किएको, उक्त स्थानमा दुरसञ्चारको एक पोल ढलेको र विद्युतको एक पोल ढल्ने अवस्थामा रहेको ।
३) मिति २०७५।०४।३० गते भेरी नगरपालिका वडा नं। २ तिमिले भन्ने स्थानमा सोविराम नेपाली सहित ५ जनाको घर पहिरोको उच्च जोखिममा रहेकोले निजहरुलाई सुरक्षित साथ आफन्तको घरमा सारिएको ।

ख. नलगाड नगरपालिका
४) मिति २०७५।०४। २९ गते जि। जाजरकोट नलगाड नगरपालिका वडा नं। ५ कालिमाटीस्थित चिप्ले खोलाले डाँडागाउँ र कालीमाटी जोडने ट्रान्सब्रिज पुल, ६ वटा घुम्ती, २ घट्ट, त्रिवेणी चोकमा रहेको राम बहादुर नेपालीको धान कुटने मिल बगाएको।
५) मिति २०७५।०४।२९ गते जि।जाजरकोट नलगाड नगरपालिका वडा नं। १२ तलछहरा बस्ने राम बहादुर बस्नेतको घरको ढुँगाको पर्खाल र ढलान गरिएको १ तले घरको पछाडिको भाग नदिले कटान गरि भत्केको, निजको मकैबारी समेत कटान गरेको ।
६) मिति २०७४।०४।२९ राति देखी परेको अविरल वर्षातको कारण भेरी नदिले नलगाड नगरपालिका वडा नं। १२ तल्लु बगर र आठविसकोट नगरपालिका वडा नं। ५ मा जाजरकोट र रुकुम जोडने भेरी नदिमा रहेको झोलुङ्गे पुलको पिल्लर नदिले कटान गरिरहेको।
७) मिति २०७५।०४।३० गते जि।जाजरकोट नलगाड नगरपालिका वडा नं। ३ कैना बस्ने गोकर्ण चन्दको घर र गोठ बगाएको ।
८) मिति २०७४।०४।३०गते जि।जाजरकोट नलगाड नगरपालिका वडा नं।३ कैना बस्ने प्रचण्ड ओलीको धान कुटने मिल बगाएको ।
९) मिति २०७५।०४।३० गते नलगाड नगरपालिका वडा नं। ३ कडकेको बाँसकट्टी भन्ने स्थानमा जाजरकोट जुम्ला सडक खण्डको सडकमा पहिरो गई सोहि ठाउँका ललित राना र तिलक बुढाको घर आधा पहिरोले पुरिएको तर मानविय र चौपाया क्षति नभएको ।
१०) मिति २०७५।०४।३० गते नलगाड नगरपालिका वडा नं। ८ जिकुवामा रहेको मष्ट माध्यमिक विद्यालयको कार्यालय कोठाको भवन पहिरोले पुरिएको ।
११) मिति २०७५।०४।३० गते विहान ८स्३० बजेको अविरल वर्षाको कारण आएको पहिरोले नलगाड नगरपालिका वडा नं.१ दम्का बस्ने रत्न बहादुर बस्नेतको दुई तले घर भत्किन गई घर पुर्ण रुपमा क्षति भएको तर मानविय र चौपाया क्षति नभएको ।
१२) मिति २०७५।०४।३० गते विहान १० बजे नलगाड नगरपालिका वडा नं। ७ दानेपिपल भन्ने स्थानमा वर्ष ४० को उमेश शाही मुल खोला तर्ने क्रममा खोलामा बगाएर मृत्यु भएको ।
१३) मिति २०७५।०४।३० गते को अविरल वर्षाले नलगाड न।पा। वडा नं। ३ कैना बजार देखी सिस्नेरी सम्म ८ वटा घट्ट बगाएको ।
१४) मिति २०७५।०४।३० गते को अविरल वर्षाले नलगाड न।पा। ३ मा ठुलो क्षेत्रफलमा लगाईएको अलैची खेती जिब्रे खोलाले कटान गरेको ९क्षेत्रफल र मुल्य एकिन भई नसकेको ० ।
क्षतीको समग्र बिबरण ९१९स०० बजे सम्म प्राप्त०

क्र.स. क्षतिको प्रकार क्षतिको परिमाण
१. मानविय क्षति ( मृत्यु) १ जना
२ .पशु क्षति ३ बटा बाख्रा मृत अवस्थामा फेला परेको, ३३ वटा बाख्रा अझै फेला नपरेको
३ . घर र भवन क्षति ८ वटा
४ . घुति बगाएको ६ वटा
५ .घट्ट बगाएको १० वटा
६. मिल क्षति २ वटा
७. अन्य क्षति ट्रान्स ब्रिज पुल १ बगाएको, र १ वटा झोलुङगे पुलको पिल्लर कटान गरेको, र खेत,बाली तथा पाखो जग्गा बगाएको क्षेत्रफल एकिन भई नसकेको ।
श्राेत ः जिल्ला प्रहरी कार्यालय जाजरकाेट थप जानकारी अाउन बाकि


ताजा समाचार