अा.व. २०७४/०७५ मा घरेलु कार्यालय द्धारा १५ लाख ८४ हजार राजश्व संकलन ।

घरेलु साना उद्योग बिकास समिति, शाखा कार्यालय, जाजरकोटको नियमित बार्षिक बजेटको चालु तर्फ ७२ लाख २१ हजारमा ६१ लाख ३७ हजार २ सय ५६ रुपैया खर्च भएको अधिकृत भुषालले जानकारी दिईन् । पुँजीगत तर्फको १ करोड २९ लाख ३३ हजार बार्षिक बजेटमा ७४ लाख २५ हजार १ सय ८६ रुपैया खर्च भएको सार्वजनिक गरेकि थियन ।
आ.ब. २०७४/०७५ मा घरेलु साना उद्योग बिकास समिति, शाखा कार्यालय, जाजरकोट मार्फत गरिबी निवारणका लागि लघु उद्यम बिकास (मेड्पा) कार्यक्रमका लागि आएको चालु तर्फको ७१ लाख ६८ हजार बजेटमा ५३ लाख ५ हजार ४ सय १९ रुपैया खर्च भएको र पुँजीगत तर्फको ५ लाख ८३ हजारमा ३ लाख ५० हजार मात्र खर्च भएको अधिकृत भुषालले जानकारी दिईन् ।
घरेलु साना उद्योग बिकास समिति, शाखा कार्यालयको नियमित तर्फको बजेटवाट उद्यमी श्रृजना तथा रोजगार कार्यक्रम अन्तरगत मोवाईल मर्मत, होजियारी तालिम सञ्चालन गरिएको प्रगति शमिक्षा गोष्ठीमा अधिकृत भुषालले वताईन् । उद्योग प्रवद्र्धन कार्यक्रम अन्तरगत आधारभुत कम्प्युटर तालिम, हाउस वारिङ्ग तालिम सञ्चालन गरिएको थियो । त्यसैगरि स्तर उन्नती कार्यक्रम अन्तरगत एड्भान्स सिलाई कटाई, आरन सुधार तालिम सञ्चालन गरिएको थियो । परम्परागत उद्यम प्रवद्र्धन कार्यक्रम अन्तरगत होटल ब्यबस्थापन तालिम सञ्चालन गरिएको थियो अधिकृत भुषालले भनिन् । सिप बिकास तथा रोजगार कार्यक्रम अन्तरगत हाउस वारिङ्ग तालिम सञ्चालन गरिएको थियो । युवा उद्यमशिलता तथा क्षमता अभिबृद्धी कार्यक्रम अन्तरगत हाउस वारिङ्ग र याप्टीङ्ग तालिम सञ्चालन गरिएको थियो । उद्यमशिलता बिकास कार्यक्रम अन्तरगत उद्यमशिलता बिकास तालिम सञ्चालन गरिएको थियो ।
त्यसैगरी भगत सर्वजीत सिप बिकास कार्यक्रम अन्तरगत बाँस निकालो, सिलाई कटाई, आरन सुधार, अल्लो प्रशोधन, मोवाईल मर्मत लगाएतका तालिमहरु सञ्चालन गरिएको अधिकृत भुषालले जानकारी दिईन् । त्यसैगरि घरेलु साना उद्योग बिकास समिति, शाखा कार्यालय, जाजरकोटले जिल्ला भित्रका उद्योगीहरुलाई २४ लाख १३ हजार मुल्य बराबरको प्रविधि हस्तान्तरण गरिएको छ भने, २ लाख ७४ हजार मुल्य बराबरको उपयुक्त प्रबिधी हस्तान्तरण गरिएको छ अधिकृत भुषालले भनिन् ।