Loading... आजः शनिबार, कार्तिक ६, २०७८

जाजरकाेटकाे पहिरोमा पुरिएर मृतकका आफन्तहरुलाई विभिन्न निकायवाट राहत

जाजरकाेट,३१ साउन । नौ जनाको ज्यान जाने गरि गएको साउन २० गते बिहान खलंगाको ठाटीको पहिरोमा पुरिएर मृतकका आफन्तहरुलाई विभिन्न निकायवाट राहत उपलब्ध गराईएको छ । पहिरोमा पुरिएर मृत्यु भएका १२ बर्षिय गोविन्द परियारको लास ६ दिन पछि फेला परेको थियो भने, अन्य ८ जनाको लास घटना घटेकै दिनमा फेला परिसकेका थिए ।

मृत्यु भएका नौ जनामा ५ बर्षिय छोरी नज्म बोहरा, १३ बर्षिय रञ्जना लुहार, ७ बर्षिय मनिषा लुहार, ३ बर्षिय भगवती लुहार, १३ बर्षिय नरेन्द्र परियार, ११ बर्षिय नविन परियार, ८ बर्षिय दशरथ परियार र १२ बर्षिय गोविन्द परियार गरि ८ बालबालिका रहेका थिए भने, अन्दाजी २५ बर्षिय सितली लुहारको मृत्यु भएको थियो । उक्त पहिरोले पत्रकार तिर्थराज बोहरा र गोपाल सुनारका दुई घर पुरिएका थिए ।

जिल्ला बिपद ब्यबस्थापन समिति मार्फत संघीय सरकारले मृतकका आफन्तलाई जनही एक लाख, कर्णाली प्रदेश सरकारले जनही २५ हजार राहत उपलब्ध गराई सकेको प्रमुख जिल्ला अधिकारी ललित कुमार बसनेतले जानकारी दिएका छन् । पहिरोले पुरिएका घर मालिकलाई तत्काल बास ब्यबस्थापनको लागि कर्णाली प्रदेश सरकारले जनही १० हजार उपलब्ध गराएको छ । त्यसैगरि पहिरो पिडित परिवारजनहरुलाई कर्णाली प्रदेश सरकारले दाल, चामल, नुन, तेल, चिउरा लगाएत झण्डै २० हजार बराबरका सामाग्रीहरु प्रतिघर परिवारलाई वितरण गरेको प्रजिअ बस्नेतले वताए ।

भेरी नगर नगरपालिकाले मृतकका आफन्तजनहरुलाई जनही ३० हजार राहत दिनुका साथै घाईतेको तत्काल उपचारका लागि २० हजार दिई सकेको छ । त्यसैगरि कुशेगाउँ पालिकाले पहिरो पिडित परिवारलाई तत्काल राहत स्वरुप भाँडाकुडा, दाल, चामल, नुन, तेल, कम्मल लगाएतका सामाग्री वितरण गरेको थियो ।

त्यसैगरि नेपाल निजामती कर्मचारी संगठन जिल्ला शाखा, जाजरकोटले पहिरो पिडित प्रति घरपरिवारलाई २५ केजी चामल, २ केजी दाल, २ केजी चिनी, २ केजी चिउरा, १ लिटर तेल, १ केजी नुन, र १ कम्मल पुग्नेगरि भेरी नगरपालिका मार्फत वितरण गरेको छ । नेपाल रेडक्रस सोसाईटी, जाजरकोट शाखाले पहिरो पिडितहरुलाई, कम्मल, पाल लगाएतका अखाद्य सामाग्रीहरु बितरण गरेको छ भने, उद्योग बाणिज्य संघ, जाजरकोटले पनि उद्धार कार्यमा संलग्न, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीलाई पानी, चाउचाउ लगाएतका सामाग्री बितरण गर्नुको साथै लास ब्यबस्थापनको लागि मृतकका आफन्तहरुलाई जनही २५ सय सहयोग गरेको उद्योग बाणिज्य संघ, जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले जानकारी दिएका छन् । विजया ईन्टरप्राईजेज, जाजरकोटका प्रोपराईटर देवीका खत्रीले पनि पहिरो पिडित प्रतिपरिवारलाई एक–एक थान कम्मल भेरी नगरपालिका मार्फत बितरण गरेकी छन् ।

त्यसैगरि निर्माण ब्यबसायी रत्नबहादुर खड्काले पहिरो पिडित परिवारलाई २ लाख ७० हजार राहत बितरण गरेका छन् । भेरी नगरपालिका–३ ठाटी बजारमा गएको पहिरोमा परि ज्यान गुमाएका ९ जनाका आफन्तलाई खड्काले राहत बितरण गरेका हुन ।
खड्का–कृष्ण निर्माण सेवाका प्रोपराईटर रत्नबहादुर खड्काले मृतकका आफन्तलाई जनही ३० हजारका दरले पीडित परिवारलाई राहत प्रदान गरेका हुन् । उनी नेपाली कांग्रेस महासमिति सदस्य हुन् । उनले बितरण गरेको राहत कर्णाली प्रदेश सरकारको भन्दा बढी राशीको रहेको छ ।

पहिरो पिडित पत्रकार तिर्थराजलाई सहयोग
पहिरोले ५ बर्षिय प्रिय छोरी नज्म बोहरालाई गुमाएका पत्रकार तिर्थराज बोहराको ४ कोठे घर र घरभित्र रहेका लत्ताकपडा, अन्न, भाँडाबर्तन लगाएका सबै सम्पती पुर्णरुपमा नष्ट भएको छ । घरबास बिहिन भएका पत्रकार बोहरा नेपाल पत्रकार महासंघ, जाजरकोट शाखाका सदस्य, क्रान्तिकारी पत्रकार संगठन नेपाल, जाजरकोट अध्यक्ष र नेपाल पर्यटन पत्रकार संघ, जाजरकोटका कोषाध्यक्ष हुन् ।

पत्रकार बोहराको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले गरेको १० हजार सहयोगलाई हस्तान्तरण गर्न बाँकी रहेको छ भने, त्यसैगरी नेपाल पत्रकार महासंघ, जाजरकोट शाखाका तर्फवाट अध्यक्ष भीमबहादुर सिंहले पत्रकार बोहरालाई १० हजार सहयोग रकम हस्तान्तरण गरेका छन् ।

त्यसैगरि पत्रकार बोहरालाई काठमाण्डौं काटेश्वरवाट सञ्चालित अर्थसरोकार अनलाईनले ५ हजार ५ सय ५५ रुपैया, काठमाण्डौं अनामनगर देखि सञ्चालित मिरमिरे अनलाईनले ५ हजार १ सय र बुटुवलवाट सञ्चालित गर्जनपोष्ट साप्ताहीकले ५ हजार ५ सय, टिभी टुडेको कुरा खस्रा–मिठाका कार्यक्रम प्रस्तोता बाबुराम भुसालले ५ हजार, पत्रकार जनक केसीले ५ हजार र क्रान्तिकारी पत्रकार संगठन नेपाल, जाजरकोटले ५ हजार सहयोग गरेका छन् ।


ताजा समाचार