Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

पत्रपत्रिका वर्गीकरण र नयाँ आचार संहिता विरुद्ध युनियन जाजरकोट द्धारा  सन्चार मन्त्रीलाइ ग्यापन पत्र


जाजरकाेट,३१ साउन । नेपाल प्रेस युनियन जाजरकोटले सरकारले भर्खरै गरेको पत्रपत्रिका वर्गीकरण तथा भदौ १ गते देखि लागु हुने नयाँ कानुन अनुसारको पत्रकार आचार संहिताको विरोधमा प्रमुख जिल्ला अधिकारी मार्फत सन्चार तथा सुचना प्रविधि मन्त्रीलाइ ग्यापन पत्र वुझाएको छ । युनियनको केन्द्रिय कार्यक्रम अनुसार जाजरकोट साखाले प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेत मार्फत सन्चार मन्त्री गोकुल वास्कोटालाइ उक्त ग्यापनपत्र वुझाएको युनियन जाजरकोटका अध्यक्ष जनक केसीले वताए ।

उनले जनताको मत पाएको सरकारले पनि जनताको सुचना पाउने हक र प्रेस स्वतन्त्रतामाथि अंकुस लगाउने काम गरेकोले आफुहरु आन्दोलनमा जान वाध्य भएको वताए । पत्रपत्रिका वर्गीकरणका क्रममा पनि नियमित प्रकासित भएरहेका भन्दा कहिले काहि प्रकासन हुनेलाइ वढुवा गर्ने र नियमित प्रकासन हुनेलाइ घटुवा गर्ने जस्तो गैरजिम्मेवार तथा पक्षपाती काम गरेकोेले आफुहरु न्यायका लागि सरकारको विरोधमा उत्रिएको अध्यक्ष केसीले वताए ।

यस्तै भदौ १ देखि लागु हुने नयाँ कानुनमा पत्रकारलाइ अनुमति विना फोटो खिच्न नपाइने व्यवस्थाको आचारसंहिता प्रेस स्वतन्त्रता विरोधी भएकोले यसको पनि युनियले कडा रुपमा विरोध गरेको अध्यक्ष केसीले वताए । उनले जनताले लेखेको संविधान अनुसार वन्ने कानुनले प्रेस स्वतन्त्रता विरोधी हर्कत गर्नु लोकतन्त्रका लागि दुर्भाग्यपुर्ण कुरा भएको वताए । उनले सरकारको अलोकतान्त्रिक हर्कतका विरुद्ध युनियनले सधैं विरोध गरिरहने वताए ।

सन्चार मन्त्रीलाइ ग्यापन पत्र वुझाउने कार्यक्रममा युुनियन जाजरकोटका अध्यक्ष जनक केसी, केन्द्रिय सदस्य राजेन्द्र कार्की, नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष भीमवहादुर लगाएतका युनियन सम्व्द्ध पत्रकारहरु प्रमुख जिल्ला अधिकारीको कक्षमा पुगेका थिए । युनियनको ग्यापनपत्र वुज्दै प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले युनियनको मागलाइ जस्ताको तस्तै सम्वन्धित मन्त्रालयमा पुरयाइदिने प्रतिवद्धता जनाए ।


ताजा समाचार