Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

पहिरोले भत्काएको जाजरकोट डोल्पा सडक मर्मतमा ठेकदारको चरम लापरबाहि

रेशम बहादुर खडका । गत आइतवार जाजरकोटको भेरी नगरपालिका ३ ठाँटीवजार नजिकै नेपाल रेडक्रस सोसाइटीको छेउमा अबिरल बर्षाका कारण कालोपत्रे गरिएको सडक ५० मिटर भत्किएर दुइ सय मिटर तल पुगेको करिब चार साता वित्न लाग्यो । वजार क्षेत्रमा आवात जावात गर्ने तथा जिल्लावाट वाहिर जाने उक्त मुल सडकमा स्थानीयले सास्तीपुर्ण पैदल यात्रा गर्न थालेको र गाडीहरु वन्द भएको लामो समय वितेपछि कामको जिम्मा पाएको निर्माण सेवाको ठेकदारको लापरबाहिका कारण हाल सम्म सडकको कामले निरन्तरता नपाएको स्थानियहरुले बताए ।

ठाँटीमा सडक भत्किदा जिल्लावाट रुकुम, डोल्पा, सुर्खेत नेपालगन्ज तथा काठमाडौं लगायतका स्थानमा जाने यातायात सेवा प्रभावित भएको मात्र छैन पहिरोले आसपासका एक दर्जन वढी घर वग्ने खतरा निम्त्याएको छ । उक्त सडक प्रति सरोकारवाला निकायले कुनै ध्यान नदिएकोले हाल सडक निमाणमा ढिलाइ भएको स्थानिय बासिको गुनासो रहेको छ । पाँच करोड वढी रकम लाग्ने गरि भत्किएको उक्त सडक मर्मत वारे कसैले चासो नदिएपछि स्थानीयहरु आक्रोसित वन्न थालेका छन् ।

स्थानियहरूको भनार्इ अनुसार हाल सडकको काम सुरु भएको २ दिन भएतापनि राजेन्द्र जलजला निर्माण सेवाका ठेकदारले प्रयाप्त जनशक्ति परिचालन नगरि आफनो जिम्मेवारी रहेको भन्दै काममा ढिलाई गरिरहेको समेत स्थानियको आरोप छ । हाल जिल्ला सदरमुकाम खलंगा देखि कालेगाउँ सम्मको सडकका विभिन्न भागहमा चर्किएको भासिएको अवस्थामा स्थानीयहरुमा त्रास धेरै वढ्न थालेको छ । कालोपत्रे गर्ने क्रममै रहेको उक्त सडक निर्माणको जिम्मा लिएको निर्माण व्यावसायीले गुणस्तर हिन काम गरेको सडकको अवस्था झन झन विग्रदै गएको स्थानीयको गुनासो छ । सुरुमा थोरै मात्र भत्किएको ठाँटीको सडक वर्षातको पानी व्यवस्थित ढंगले निकास नगरेका कारण उक्त सडकको पहिरो भ्याङकर वनेको छ ।

यस्तै सोहि सडकको खहरे खोला खण्डमा पनि ठुलो पहिरो गएर दुइ साता सम्म सदरमुकाममा गाडीहरुले प्रवेस गर्न पाएका थिएनन भने भेलले, रानागाउँ, कालेगाउँ खण्डमा सडक भत्किने सम्भावना वढेको र यसका लागि सरोकारवाला निकायहरु जिम्मेवार नवनेको स्थानीयहरुको गुनासो छ । यस्तै विभिन्न वस्तीहरुमा जमिन चर्किने र भासिने क्रम वढेपछि स्थानीयहरु थप चिन्तित भएका छन् । खलंगाका रानागाउँ, खहरेखोला, गैरीखाली, पिपलडाँडा, ठाँटी, पुराना साझा, वाग्लुंग होटेल, न्युरोड, कोइरेली, स्याला, कालेगाउँ, थाप्ले, रिंगरोड लगाएतका वस्ती तथा क्षेत्रहरुमा जमिन चर्किएपछि स्थानीयहरु त्रसित वनेका छन् ।

रेडक्रसको मुन्तिरको पहिरोका कारण ठाँटीवजार र न्युरोड आसपासको वस्ती पुरै वग्ने खतरामा रहेको भएपनि वर्षातको पानी र पहिरो व्यवस्थापनको पहल कतैवाट नभएको स्थानीयहरुले वताए । सडक निर्माणको क्रममा ढल निकास तथा वर्षातको पानी व्यवस्थापनको काम नगर्नु र वजारका घरहरु निर्माणका क्रममा जभाभावी माटो सडक छेउमा थुपार्नुले नै खलंगावजार पहिरोको जोखिममा परेर ठुलो धनजनको क्षति वढ्दै गएको भेरी नगरपालिकाका उप–भावना भण्डारीले बताइन । ठाउँ ठाउँमा डर लाग्दो गरि सडकहरु चर्किने र भासिने र वस्तीहरुमा पनि जमिन चर्किन थालेपछि स्थानीयहरु निकै त्रसित वन्न थालेका छन् ।

मुल तथा सहायक सडकहरु भासिने तथा चर्किने खतरा वढेपनि स्थानीय सरकार, सडक डिभीजन कार्यालय र अन्य निकाय मौन वसेको भन्दै स्थानीयले आक्रोस समेत पोख्न थालेका छन् । सडक भत्केर सदरमुकामको वेहाल भएको छ, वर्षातको पानी जभाभावी वगेर पहिरोको जोखिम वढेको वढयै छ तर सरोकारवाला निकाय तमसा हेरेर वसेका छन् युवा संघ जाजरकोटका सचिव जय बहादुर बस्नेतले बताए । उनले सडक निर्माणका क्रममा भएको गल्तीका कारण वर्षातको पानीले ठुलो क्षति पुरयाएको वताए ।

उता सडक डिभीजन कार्यालय चौरजहारीका प्रमुख आषिस थापाले सडक निर्माणका क्रममा स्थानीयले नाली वनाउन केहि स्थानमा अवरोध गरेका कारण समस्या परेको वताए । उनले अहिले ठाँटीमा भत्किएको सडक मर्मतको जिम्मा कालोपत्रे गर्ने जिम्मा लिएको निर्माण व्यावसायीकाे भएकोले बुधवार देखि काम सुरु गराएको वताए । कालोपत्रे गरिएको सडक विभागलाइ हस्तान्तरण भइनसकेको र भत्किएको भाग निर्माण व्यावसायीले नै मर्मत गर्छन् उनले भने । यस वारेमा उक्त सडक कालोपत्रेको जिम्मा लिएको राजेन्द्र जलजला निर्माण ब्यवसायीकका साइड इन्चार्ज प्रदिप लामाले काम मंगलवार देखि सुचारु भएकोले हाल आगामि भदौ १५ सम्म यातायात सुचारु गर्ने बताए ।

प्रयाप्त जनशक्ति परिचालन गरि काम सुरु गरिएको दाबि गरे ।उता भेरी नगरपालिकाका नगर प्रमुख चन्दप्रकास घर्तीले ठाँटीमा गएको पहिरो व्यवस्थापन तथा रोकथामका लागि सडक डिभिजन कार्यालय चौहरजारी र कामको जिम्मा पाएको ठेक्दार संग समन्वय गरि हाल काम सुचारु गरिएको बताए । साथै जाजरकोट जिल्लाम भएको बाढि पहिरोको बारेमा नेपाल सरकार गृह मन्त्रालयमा समेत पहिरोबाट पिडित भएका लाइ उचित क्षती पुर्तिको लागि पहल भइरहेको बताए ।

यस्तै प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले जिल्लामा पहिराेबाट भासिएकाे सडककाे काम जारी रहेको काममा गति दिन अनुरोध गरिने बताए ।बिच बिचमा ठेकदार लाइ काम गर्न लिखित तथा माैखिक जानकारी दिदा दिदै हाल भरखर मात्र मंगलवार देखि काम सञ्चालनमा अाएकाे बताए । जिल्लाम मौसम खराबको कारण हाल जिल्लाम भएको क्षती बारेमा एकिन बिवरण नआएको नेपाल प्रहरी ,शस्त्र प्रहरी ,नेपाली सेना परिचालन गरिएको बताए । हाल खोलाले क्षती बनाएको नलगाड नगरपालिका अहिले आपतकालीन बैठक बसिरहेको प्रजिअ बस्नेतले बताए ।बस्नेतका अनुसार नलगाडको तल्लु बगडका ३२ वटा बिस्ताबित भएको र अन्य ठाउमा सारिएको हाल बाढि पहिरो बाट बिस्ताबित लाई सुरक्षित ठाउमा सार्ने काम जारी रहेको बताए ।


ताजा समाचार