Loading... आजः शनिबार, कार्तिक ८, २०७७

जूनी कम्युन बस्ती ब्यबसायिक भेडापालनमा ब्यस्त ।

जाजरकाेट,३१ साउन । विगत युद्धताका माओवादीले जनवादी सत्ताको अभ्यास गरिरहेको जाजरकोटको जूनी कम्युन बस्तीमा अहिले ब्यबसायिक भेडापालन गर्न थालिएको छ । समुन्द्री सतह देखि १९ सय मिटरको उचाईमा रहेको जुनीचाँदे गाउँपालिका–७ जुर्क र निपानेमा भेडापालनलाई ब्यबसाय बनाउन थालिएको हो ।

२०५५ साल असार ३ गते खेत रोपाई गरिरहेका ९ जना सर्वसाधरण र मंसिर १० गते बिबाहका दुलाह सहित १५ जना जन्तीलाई तत्कालिन नेपाल प्रहरीद्धारा गरिएको सामुहिक हत्याको पिडामा छट्पटाई रहेका जुर्क निपानेबासीलाई तत्कालिन माओवादीले २०५६ साल चैत्र १२ गते जुर्क र निपानेका अगाडीका अक्क्षर जोडेर ‘जुनी’को नाम दिएर कम्युन सञ्चालन गरेको थियो । कम्युनको ब्यबहारिक अभ्यास गर्दै आएका त्यहाँका किसानहरुले हाल जुनीचाँदे गाउँपालिकाको पशुपंक्षी बिकास शाखामा जुनी भेडापालन कृषक समुह दर्ता गरेर ब्यबसायीक भेडापालन गर्न थालेका छन् ।

नयनसिंह घर्ती अध्यक्ष रहेको जुनी भेडापालन कृषक समुहमा १५ घरपरिवार सदस्य रहेका छन् । १५ घरपरिवारमा बरुवाल ९लोकल० जातको १४ सय ४७ वटा भेडा रहेको अध्यक्ष नयनसिंह घर्तीले जानकारी दिए । उक्त भेडापालन कृषक समुहका सदस्यहरुको घरमा भेडा मात्र नभएर १५ सय ७८ वटा बाख्रा पनि रहेका छन् अध्यक्ष घर्तीले भने्–‘भेडा, बाख्रा पालनका लागि त्यहाँको हावा, पानी र वनजंगल निकै उपयुक्त छ, त्यसैले हामीले ब्यबसायिक रुपमा भेडापालन गर्ने सोच बनाएका हौं ।’


भेडापालन ब्यबसायलाई प्रवद्र्धन गर्न स्थानीय सरकार गाउँपालिकाले आफुहरुलाई अनुदान दिनु पर्ने, उन्नत जातको बेलन, औषधी उपचारको ब्यबस्था गरिदिनु पर्ने अध्यक्ष घर्तीको भनाई रहेको छ । जुनीचाँदे गाउँपालिका वडा नं। ७ को आव २०७४÷०७५को नीति तथा कार्यक्रम अनुसार ढाई लाख जुनी भेडापालन कृषक समुहले अनुदान पाएको घर्तीले जानकारी दिए । ढाई लाख अनुदानवाट उक्त कृषक समुहले भेडा तथा बाख्रा अनुसन्धान केन्द्र जुम्लाको गोठीचौरवाट ४२ हजारमा न्युजरल्याण्डको मेरुनो जातको एक, २० हजारमा चीनको भ्याग्लुङ्ग जातको एक साँढ र १४ हजारमा चीनकै च्याङग्रा जातको बोका खरिद गरि ल्याएको अध्यक्ष घर्तीले जानकारी दिए । त्यसैगरि १ लाख १६ हजार मुल्य हालेर ५० प्रतिशत मात्रा रहेका बोयर जातका ६ वटा बोका सुर्खेतको दशरथपुरवाट खरिद गरेर जुनीमा पुर्याईएको अध्यक्ष घर्तीको भनाई रहेको छ ।

काप्रेट, गलैचा, लिउ, कम्मल जस्ता विभिन्न मानव उपयोगी सामाग्रीहरु भेडाको उनवाट बनाईने वताउदै अध्यक्ष घर्तीले भेडापालन ब्यबसायवाट ऊन, मासु बिक्री बितरण गर्न सकिने पेशाको रुपमा आफुहरुले लिएको वताए । अन्न उत्पादन निकै कम हुने जुनीमा भेडा, बाख्रा पालन ब्यबसायवाट राम्रो आम्दानी लिन सकिनेमा जुनीबासीहरु ढुक्क बन्न थालेका छन् ।


ताजा समाचार