Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

बाढीपहिरो पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग

जाजरकोट,३१ साउन । राष्ट्रियसभाको आज बसेको बैठकको विशेष समयमा बोल्दै राष्टिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले जाजरकोट जिल्लामा गएको बाढीपहिरो र वर्षातले पीडित जनतालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । सांसद श्रेष्ठले जाजरकोटका बाढीपीडित जनतालाई राहत उपलब्ध गराउन र आवश्यक स्थानमा पुल निर्माण गरी आवतजावत सहज बनाउर्न बिहिवार सरकारको ध्यानाकर्षण गराएका थिए ।

यस्तै संसद काली बहादुर मल्ल, रमेशप्रसाद यादवले पनि जाजरकोट जिल्लामा भएको धन जनप्रति सरकार गम्बीर हुनुपर्नेमा जोड दिएका थिए राष्टि्य सभाको बैठकमा बिशेष समयमा बोल्दै जाजरकोट जिल्ला बाढि उहिरोको उच्च जोखिम भएकोले सरकारले तत्काल पिडित लाइ राहत र बिचलीत परेका पहिरो पिडितलाइ सार्नु पर्नेमा जोड दिएका थिए ।

अविरल वर्षाका कारण आएको वाढीले वगाउँदा जाजरकोटमा एक जनाको ज्यान गएको छ भने करोडौं को क्षति भएको छ। नलगाड नगरपालिका ७ दानेपिपल भन्ने स्थानमा ४० बर्षिय उमेश शाही मुल खोला तर्ने क्रममा खोलामा बगाएर को ज्यान गएको प्रहरीले जनाएको छ। प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले दिएको जानकारी अनुसार नलगाड नगरपालिका वडा नं. ५ कालिमाटीस्थित चिप्ले खोलाले डाँडागाउँ र कालीमाटी जोडने ट्रान्सब्रिज पुल, ६ वटा घुम्ती, २ घट्ट, त्रिवेणी चोकमा रहेको राम बहादुर नेपालीको धान कुटने मिल समेत बाढिले बगाएको बताए ।

त्यस्तै नलगाड नगरपालिका वडा नं. १२ तलछहरा बस्ने राम बहादुर बस्नेतको घरको ढुँगाको पर्खाल र ढलान गरिएको १ तले घरको पछाडिको भाग नदिले कटान गरि भत्केको,मकैबारी समेत कटान गरेको प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले बताए ।

राति देखी परेको अविरल वर्षातको कारण भेरी नदिले नलगाड नगरपालिका वडा नं. १२ तल्लु बगर र आठविसकोट नगरपालिका वडा नं. ५ मा जाजरकोट र रुकुम जोडने भेरी नदिमा रहेको झोलुङ्गे पुलको पिल्लर नदिले कटान गर्नुका साथै नलगाड नगरपालिका वडा नं. ३ कैना बस्ने गोकर्ण चन्दको घर र गोठ बगाएको जिल्ला प्रहरी कार्यालय जाजरकाटका प्रहरी नायव उपरिक्षक रविन्द्र बहादुर सिंहले बताए ।


ताजा समाचार