Loading... आजः मङ्लबार, अशोज ५, २०७८

काबुलमा आत्मघाती आक्रमणमा परि ४८ जनाको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलमा एउटा शैक्षिक केन्द्रमा भएको आत्मघाती बम आक्रमणमा ४८ जनाको मृत्यु भएको छ ।

पढाई भइरहेको समयमा भएको सो आक्रमणमा परी अन्य ६७ जना घाइते भएको स्थानीय अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । मृत्यु भएका अधिकांश विश्वविद्यालयको प्रवेश परीक्षा तयारी गर्न गएका किशोरहरु रहेको स्थानीय प्रहरीले जनाएको छ ।

शिया मुसलमानको बाहुल्य क्षेत्रमा भएको आक्रमण कसले गराएको भन्ने यकिन नभएको बीबीसीले उल्लेख गरेको छ । तालिवानी विद्रोहीले आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएपछि घटनामा इस्लामिक स्टेट आइएसको संलग्नता रहेको आशंका गरिएको छ ।

यसअघि हिजो बिहान उत्तरी प्रान्त बाग्लानस्थित एक सैन्य अड्डामा भएको आक्रमणमा ९ प्रहरी र ३५ जना सैनिक मारिएका थिए ।


ताजा समाचार