Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

जाजरकाेटमा अविरल वर्षाका कारण एक जनाको मृत्यु करोडौं धनजनकाे क्षति (पुरा विवरण फिचर )

जाजरकोट,३० साउन । अविरल वर्षाका कारण आएको वाढीले वगाउँदा जाजरकोटमा एक जनाको ज्यान गएको छ भने करोडौं को क्षति भएको छ। नलगाड नगरपालिका ७ दानेपिपल भन्ने स्थानमा ४० बर्षिय उमेश शाही मुल खोला तर्ने क्रममा खोलामा बगाएर को ज्यान गएको प्रहरीले जनाएको छ। प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले दिएको जानकारी अनुसार नलगाड नगरपालिका वडा नं. ५ कालिमाटीस्थित चिप्ले खोलाले डाँडागाउँ र कालीमाटी जोडने ट्रान्सब्रिज पुल, ६ वटा घुम्ती, २ घट्ट, त्रिवेणी चोकमा रहेको राम बहादुर नेपालीको धान कुटने मिल समेत बाढिले बगाएको बताए ।

त्यस्तै नलगाड नगरपालिका वडा नं. १२ तलछहरा बस्ने राम बहादुर बस्नेतको घरको ढुँगाको पर्खाल र ढलान गरिएको १ तले घरको पछाडिको भाग नदिले कटान गरि भत्केको,मकैबारी समेत कटान गरेको प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले बताए । राति देखी परेको अविरल वर्षातको कारण भेरी नदिले नलगाड नगरपालिका वडा नं. १२ तल्लु बगर र आठविसकोट नगरपालिका वडा नं. ५ मा जाजरकोट र रुकुम जोडने भेरी नदिमा रहेको झोलुङ्गे पुलको पिल्लर नदिले कटान गर्नुका साथै नलगाड नगरपालिका वडा नं. ३ कैना बस्ने गोकर्ण चन्दको घर र गोठ बगाएको जिल्ला प्रहरी कार्यालय जाजरकाटका प्रहरी नायव उपरिक्षक रविन्द्र बहादुर सिंहले बताए ।

नलगाड नगरपालिका वडा नं.३ कैना बस्ने प्रचण्ड ओलीको धान कुटने मिल बगा बगाउनुका साथै नलगाड नगरपालिका वडा नं. ३ कडकेको बाँसकट्टी भन्ने स्थानमा जाजरकोट जुम्ला सडक खण्डको सडकमा पहिरो गई सोहि ठाउँका ललित राना र तिलक बुढाको घर आधा पहिरोले पुरिएको तर मानविय र चौपाया क्षति नभएको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।हाल जिल्ला भरि बाढि पहिरोले लाखौ धनजनको क्षती गरेको छ ।

हाल जिल्ला प्रशासन कार्यालय जाजरकोटले दिएकाे जानकारी अनुसार नलगाड नगरपालिका वडा नं. ८ जिकुवामा रहेको मष्ट माध्यमिक विद्यालयको कार्यालय कोठाको भवन पहिरोले पुरिएको , नलगाड नगरपालिका वडा नं.१ दम्का बस्ने रत्न बहादुर बस्नेतको दुई तले घर भत्किन गई घर पुर्ण रुपमा क्षति भएको ,नलगाड नगरपालिका वडा नं. ७ दानेपिपल भन्ने स्थानमा वर्ष ४० को उमेश शाही मुल खोला तर्ने क्रममा खोलामा बगाएर मृत्यु भएको छ ।

नलगाड न.पा. वडा नं. ३ कैना बजार देखी सिस्नेरी सम्म ८ वटा घट्ट बगाएको । नलगाड न.पा. ३ मा ठुलो क्षेत्रफलमा लगाईएको अलैची खेती जिब्रे खोलाले कटान गरेको ९क्षेत्रफल र मुल्य एकिन भई नसकेको उल्लेख गरीएकाे छ । यस्तै जिल्लाको भेरी नगरपालिकाम वडा नं. २ मा २९ गते ओमलाल पुनका ४३ वटा बाख्रा जंगलमा चर्न गएकोमा ७ वटा बाख्रा घरमा आएको, ३ बटा बाख्रा लहरेखोलामा मृत अवस्थामा फेला परेको, ३३ वटा बाख्रा अझै फेला नपरेको परेका छाैनन् ।

तेस्तै ३० गते नगरपालिका वडा नं. ४ मा रहेको जिल्ला कृषि विकास कार्यालय नजिक रुख ढलेर सडक अवरोध भएको, सोही स्थानमा बस्ने रत्न बहादुर हमालको शौचालय पहिरोले भत्किएको, उक्त स्थानमा दुरसञ्चारको एक पोल ढलेको र विद्युतको एक पोल ढल्ने अवस्थामा रहेको । ३० गते भेरी नगरपालिका वडा नं. २ तिमिले भन्ने स्थानमा सोविराम नेपाली सहित ५ जनाको घर पहिरोको उच्च जोखिममा रहेकोले निजहरुलाई सुरक्षित साथ आफन्तको घरमा सारिएको । विवरण उल्लेख गरिएको छ ।

मंगलवार राति देखि परेको भारी वर्षाका कारण नलगाड नगरपालिकामा पर्ने कैना र झुप्रा खोलामा आएको वाढीले करोडौं मुल्य वरावरको क्षति गरेको छ। उता नलगाड नगरपालिकाका प्रमुख टेकवहादुर रावले वाढीवाट क्षति व्यहोरेका जनताको सहयोगका लागि आफुले केन्द्र सरकार र जिल्लाका सांसदहरुसँग समन्वय गरिरहेको वताए । वाढीमा वग्दै गरेका घर पसलहरुवाट स्थानीयहरुका सामाग्रीहरु जोगाउन र जनतालाइ सुरक्षित स्थानमा लैजानका लागि आफुहरुले पहल गरिहेको प्रमुख रावलले वताए। यस्तै प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले नलगाडमा आएको वाढीले ठुलो क्षति र्पुयाएको वताए ।

(तस्वीर  ः युवा संघ नेपाल जाजरकाेटका सचिव जय बहादुर बस्नेत स्थलगत निरीक्षण )

उनले वाढीले र्पुयाएको क्षतिको विवरण पुरै आएपछि जनतालाइ सहयोग गर्ने वारे जिल्ला दैवीप्रकोप उद्दार समितिको वैठक वसेर आवस्यक निर्णय गरिने वताए । हाल घटना स्थलमा नेपाल प्रहरी शस्त्र प्रहरी ,नेपालि सेना परीचालन गरिएको थप बिवरण आउन बाकि रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक रविन्द्र बहादुर सिंहले बताए । यस अघि वर्षातकै कारण आएको पहिरोले सदरमुकाम खलंगामा गत हप्ताको आइतवार ९ जनाको ज्यान गएको थियो भने दुइ घर पुरिएका थिए।

जाजरकोट जिल्लामा मिति २०७५।०४।२९ गते राती देखी २०७५।०४।३० गते सम्म परेको अविरल बर्षाको कारण बाढि पहिरोबाट भएको क्षति सम्बन्धमा  प्राप्त क्षतिको विवरण ।( श्राेत ः जिल्ला प्रहरी कार्यालय जाजरकाेट )

क. भेरी नगरपालिका
१) मिति २०७५।०४।२९ गते जिल्ला जाजरकोट भेरी न।पा। वडा नं। २ बस्ने ओमलाल पुनका ४३ वटा बाख्रा जंगलमा चर्न गएकोमा ७ वटा बाख्रा घरमा आएको, ३ बटा बाख्रा लहरेखोलामा मृत अवस्थामा फेला परेको, ३३ वटा बाख्रा अझै फेला नपरेको ।
२) मिति २०७५।०४।३० गते भेरी नगरपालिका वडा नं। ४ मा रहेको जिल्ला कृषि विकास कार्यालय नजिक रुख ढलेर सडक अवरोध भएको, सोही स्थानमा बस्ने रत्न बहादुर हमालको शौचालय पहिरोले भत्किएको, उक्त स्थानमा दुरसञ्चारको एक पोल ढलेको र विद्युतको एक पोल ढल्ने अवस्थामा रहेको ।
३) मिति २०७५।०४।३० गते भेरी नगरपालिका वडा नं। २ तिमिले भन्ने स्थानमा सोविराम नेपाली सहित ५ जनाको घर पहिरोको उच्च जोखिममा रहेकोले निजहरुलाई सुरक्षित साथ आफन्तको घरमा सारिएको ।

ख. नलगाड नगरपालिका
४) मिति २०७५।०४। २९ गते जि। जाजरकोट नलगाड नगरपालिका वडा नं। ५ कालिमाटीस्थित चिप्ले खोलाले डाँडागाउँ र कालीमाटी जोडने ट्रान्सब्रिज पुल, ६ वटा घुम्ती, २ घट्ट, त्रिवेणी चोकमा रहेको राम बहादुर नेपालीको धान कुटने मिल बगाएको।
५) मिति २०७५।०४।२९ गते जि।जाजरकोट नलगाड नगरपालिका वडा नं। १२ तलछहरा बस्ने राम बहादुर बस्नेतको घरको ढुँगाको पर्खाल र ढलान गरिएको १ तले घरको पछाडिको भाग नदिले कटान गरि भत्केको, निजको मकैबारी समेत कटान गरेको ।
६) मिति २०७४।०४।२९ राति देखी परेको अविरल वर्षातको कारण भेरी नदिले नलगाड नगरपालिका वडा नं। १२ तल्लु बगर र आठविसकोट नगरपालिका वडा नं। ५ मा जाजरकोट र रुकुम जोडने भेरी नदिमा रहेको झोलुङ्गे पुलको पिल्लर नदिले कटान गरिरहेको।
७) मिति २०७५।०४।३० गते जि।जाजरकोट नलगाड नगरपालिका वडा नं। ३ कैना बस्ने गोकर्ण चन्दको घर र गोठ बगाएको ।
८) मिति २०७४।०४।३०गते जि।जाजरकोट नलगाड नगरपालिका वडा नं।३ कैना बस्ने प्रचण्ड ओलीको धान कुटने मिल बगाएको ।
९) मिति २०७५।०४।३० गते नलगाड नगरपालिका वडा नं। ३ कडकेको बाँसकट्टी भन्ने स्थानमा जाजरकोट जुम्ला सडक खण्डको सडकमा पहिरो गई सोहि ठाउँका ललित राना र तिलक बुढाको घर आधा पहिरोले पुरिएको तर मानविय र चौपाया क्षति नभएको ।
१०) मिति २०७५।०४।३० गते नलगाड नगरपालिका वडा नं। ८ जिकुवामा रहेको मष्ट माध्यमिक विद्यालयको कार्यालय कोठाको भवन पहिरोले पुरिएको ।
११) मिति २०७५।०४।३० गते विहान ८स्३० बजेको अविरल वर्षाको कारण आएको पहिरोले नलगाड नगरपालिका वडा नं.१ दम्का बस्ने रत्न बहादुर बस्नेतको दुई तले घर भत्किन गई घर पुर्ण रुपमा क्षति भएको तर मानविय र चौपाया क्षति नभएको ।
१२) मिति २०७५।०४।३० गते विहान १० बजे नलगाड नगरपालिका वडा नं। ७ दानेपिपल भन्ने स्थानमा वर्ष ४० को उमेश शाही मुल खोला तर्ने क्रममा खोलामा बगाएर मृत्यु भएको ।
१३) मिति २०७५।०४।३० गते को अविरल वर्षाले नलगाड न।पा। वडा नं। ३ कैना बजार देखी सिस्नेरी सम्म ८ वटा घट्ट बगाएको ।
१४) मिति २०७५।०४।३० गते को अविरल वर्षाले नलगाड न।पा। ३ मा ठुलो क्षेत्रफलमा लगाईएको अलैची खेती जिब्रे खोलाले कटान गरेको ९क्षेत्रफल र मुल्य एकिन भई नसकेको ० ।
क्षतीको समग्र बिबरण ९१९स०० बजे सम्म प्राप्त०

क्र.स. क्षतिको प्रकार क्षतिको परिमाण 
१. मानविय क्षति ( मृत्यु) १ जना
२ .पशु क्षति ३ बटा बाख्रा मृत अवस्थामा फेला परेको, ३३ वटा बाख्रा अझै फेला नपरेको
३ . घर र भवन क्षति ८ वटा
४ . घुति बगाएको ६ वटा
५ .घट्ट बगाएको १० वटा
६. मिल क्षति २ वटा
७. अन्य क्षति ट्रान्स ब्रिज पुल १ बगाएको, र १ वटा झोलुङगे पुलको पिल्लर कटान गरेको, र खेत,बाली तथा पाखो जग्गा बगाएको क्षेत्रफल एकिन भई नसकेको ।


ताजा समाचार