Loading... आजः बिहिबार, मंसिर ११, २०७७
Trending

फोन गर्नको लागि घण्टौ हिढनु पर्ने बाध्यता ।


रेशम बहादुर खडका , जाजरकाेट,३० साउन । जाजरकोट जिल्लाका अधिकांश स्थानिय तहहरुमा नेपाल टेलिकमको फोन सेवा प्रभावकारी नहुदा स्थानिय बासि फोन गर्नको लागि दैनीक घण्टौ हिडेर फोन गर्नु पर्ने बाध्यता कायमै छ । स्थानिय तह प्रदेश सभा र प्रतीनिधि सभाको निर्वाचनमा जाजरकोट जिल्लाका राजनितिक दलहरुले प्रत्यक स्थानिय तहहरुमा सहजै फोन सम्पर्कको लागि टेलीफोनलाई मुख्य चुनावि नाराम उल्लेख गरेका थिए ।

हाल फोन सेवा कुनै पनि सरोकारवाला निकायाले ब्यवस्था गर्दा स्थानियहरु घण्टौ हिडेर फोन गर्न बाध्य रहेको स्थानिय हरुले गुनासो गरेका छन । जिल्लाको दुर्गम गाउँमा रहेका स्काई मोबाइल टावरबाट घाम लाग्दा नेटवर्क आउने र बादल लाग्दा नआउने समस्या छ ।

फोन नहुँदा स्थानीय बासिन्दालाई मात्र समस्या छैन, गाउँपालिका र नगरपालिकाले तोकेको केन्द्रबाट सरकारी सेवा प्रवाह गर्नसमेत पाएका छैनन् । जिल्लाका अधिकांश स्थानीय तहले टेलिफोन, इन्टरनेट, बैंक, विद्युतलगायत सुविधा स्थानिय तहमा नभएको स्थानियहरु लाई सेवा दिन असज भउको भन्दै सदरमुकामबाटै सेवा सञ्चालन गर्न बाध्य भएको समेत दाबि गर्दै आएका छन ।

जिल्लाको जुनिचाँदे गाउँपालिका वडा न २ स्थित भैरीचाल्लेकको स्काई टावर मर्मत सम्भार नहुदा गाउँपालिकाका ११ ओटा वडाहरु फोन सेवा बाट बन्चीत रहेको गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसिले बताए । बिहान १० बजे देखि साझ ४ बजे सम्म नेपाल टेलीकमको स्काई सेवा उपलब्ध नहुदा हजारौ सेवाग्राही घण्टौ पैदल हिडेर फोन गर्न बाध्य रहेको अध्यक्ष केसीले बताए ।

नमस्तेको टावर निर्माणका लागि नेपाल टेलिकमले गत वर्षको अक्टोबरमा १ वर्षमै कार्य सम्पन्न गर्ने गरी भारती कम्पनी एस्टर नेपाल प्रालिसँग सम्झौता गरेको थियो । तर कम्पनीको लापरबाहीले टावर निर्माण अलपत्र परेका अध्यक्ष केसीले जानकारी दिए । टावर निर्माणका लागि आवश्यक सामग्री सुर्खेतमा र्पुयाएको कम्पनीले दाबि गरेको छ ।

कुशे गाउँपालिकाको लाताचुलीको टावर बिग्रिएको महिनौं बित्दा पनि यसको मर्मतमा कसैको चासो नपुगेपछि सर्वसाधारणलाई समस्या भएको हो । १ वर्षदेखि बारेकोटको रतनकोट लेकको टावर मर्मत नहुँदा सर्वसाधारण सञ्चारविहीन भएका छन  । हाल नेपाल टेलिकमको लापरबाहीकै कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको कुहे गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार टेलिकमले नियमित रूपमा टावर र बीटीएसहरूको मर्मत, सम्भार, नयाँ बनाउने, क्षमता विस्तार, पावर अपडेट गर्ने, लाइन सुधारलगायत काम नगर्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको बताए । नलगाड नगरपालिका २ को गडी, बारेकोट गाउँपालिका ५, को रतनकोट, ९ को लेकचौर, २ को रातापटान, कुशे गाउँपालिका ८ को लाँताचुली, शिवालय गाउँपालिका ५ को चिउँदुवा र जुनीचाँदे २,को टाउर अहिले सोलारको भरमा दैनीक ६ घण्टामात्र सेवा प्रवाह गर्दै आएको छ ।


ताजा समाचार