Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

जाजरकाेटमा खोलाले बगाएर १ को मृत्यु

जाजरकाेट,३० साउन । जाजरकोटको नलगाड नगरपालिका ७ दानीपिपलमा खोलाले बगाएर एक जनाको मृत्यु  भएको छ। खोलामा दाउरा निकाल्ने क्रममा  दानीपिपल खोलाले बगाएर स्थानीय उमेश शाहीको मृत्यु भएको स्थानीय लोकेन्द्र शाहीले बताए।

अबिरल बर्षातका कारण सोही नगरपालिकाको कैनादेखि कालीमाटी सम्मको क्षेत्रमा आएको बाढीले दर्जन बढी घर र खेतहरू,  दुई झोलुङ्गे पुल, एक ट्रस बृज बगाउँदा स्थानीयलाई आवात जावातमा समस्या परेको स्थानीयले बताए। स्थानीय झुप्रा खोलामा आएको बाढीले ४ घर सहित दुई वटा पुल समेत वगाउनुका साथै सयौं रापेनी खेत बगाएको छ ।
बाढीले स्थानीयका घर, १५ वटा घुम्ती पसल, ४ मिल, ५५ घट्ट, २ वटा ट्रस ब्रिज पुल सहित सयौं रोपनी धान रोपेको खेत बगाएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकवहादुर रावलले बताउनुभयो ।

मंगलबार राति आएको बाढीले नलगाड नगरपालिका ३, घुवाराका गोकर्ण चन्द, धनबहादुर रावल, वडा नं ५ का खीमलाल जैसी र वडा नं २ का कौशीवहादुर विष्टको घर सहित जग्गा वगाएको छ । वडा ३ का वडा अध्यक्ष प्रचण्ड ओलीको मिल , जग्गा वाढीले वगाएको छ । झुप्रा खोलाको बाढीले स्थानीय रामबहादुर विकको सहित २ वटा मिल बगाएको रावलले बताए । खोलामा आएको बाढीले नलगाड ३ को साङट् खेत, २ र ४ को कैनाखेत, सिस्नेरी खेत, बागमारे खेत, सादनमुरा खेत, रानीखेत लगाएत सयौं रोपनी खेत बगाएको उनले बताए ।

खोलाले पुल बगाएपछि बारेकोट, कालीमाठीबजार, दल्ली लगायत स्थान तर्फको आवतजावत पूर्णरुपमा बन्द भएको स्थानीय राववले बताए । बाढीले अन्य जग्गा जमिन लगायत क्षति गर्ने क्रम बढेको र उक्त बाढीका कारण छेप्का र कालीमाठीबजार जोखिममा परेको उनको भनाइ छ ।

बाढीका कारण यस क्षेत्रका ७० बढी घरपरिवार विस्थापित भएको उहाँले बताए । वडा ८ वगारामा वाढीका कारण ५ घर ढुवानमा परेका छन् । त्यस्तै पंञ्च भयार माविको भवण पहिरोले पुरेको छ । त्यहाँ रहेका सोलार , कार्यालयका कागजात समेत नष्ट भएका छन् ।नलगाड नगरपालिका वडा ७ दानीपिपल खोलाले वगाएर वुधबार विहान ३९ वर्षीय उमेशवहादुर शाहीको मृत्यू भएको नलगाड नगरपालिकाको नगरप्रमुख टेकवहादुर रावलले जानकारी दिए ।


ताजा समाचार