एक किशाेरद्धारा ५ वर्षिया बालिका बलात्कृत
जाजरकोट । भेरी नगरपालिका २, रावतगाँउका एक १७ बर्षे किशाेरले ५ वर्षिया बालिकालाई बलात्कार गरेका छन् ।
नजिकैको बाटोमा एक्लै भएको मौका छोपी ती किशाेरले बालिकालाई फकाएर मकैबारीमा पुर्याई जवरजस्तीकरणी गरेका हुन् ।
बालिका आइतवार बेलुकी घरबाट साथीसँग खेल्न निस्किएकी थिईन् । बलत्कृत बालिकालाई स्वास्थ्य परिक्षण तथा उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पुर्याइएको छ ।
बलात्कार आरोपी किशाेरलाई नियन्त्रणमा लिएर उनी विरुद्ध जवरजस्तीकरणीको मुद्धा दर्ता भएको र घटनाबारे आवश्यक अनुसन्धान भैरहको प्रहरी नायव उपरीक्षक रविन्द्रबहादुर सिंहले बताए ।