Loading... आजः आइतवार, फाल्गुन २३, २०७७
Trending

अब फेसबुकमा फेक एकाउन्ट चलाउन झन् मुस्किल

एजेन्सी । फेसबुकमा फेक एकाउन्ट समाप्त पार्न कम्पनीले नयाँ कमद चालेको छ । नयाँ कदमपछि फेक एकाउन्टबाट कुनै पनि पेजको म्यानेज गर्न कठिन हुनेछ ।

विश्वकै सबैभन्दा ठुलो सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्नो प्लेटफार्ममा फेक एकाउन्टमाथि लगाम कस्न नयाँ कदम उठाएको हो । कम्पनीले अमेरिकामा ठुलो संख्यामा फलोअर्स रहेका युजरहरुसँग एकाउन्टको आधिकारिकता पुष्टि गर्न भनिसकेको छ ।

फेसबुकले भनेको छ, हामी ती मानिससँग पेज पब्लिसिङ अथोराइजेसन सुरू गर्दैछौँ, जो अमेरिकामा धेरै अडियन्सका साथ पेज म्यानेज गरिरहेका छन् ।

क्यालिफोर्नियाबाट सञ्चालित सामाजिक सञ्जाल फेसबुकका अनुसार जसले यस्ता पेजको म्यानेज गरेका हुन्छन्, उनीहरुले पोस्टको प्रक्रिया जारी राख्न अथराइजेसनको प्रक्रियाबाट गुज्रिनुपर्नेछ । यस्तोमा जो मानिसले फेक एकाउन्टबाट कुनै पेज म्यानेज गरेका छन् भने अब उनीहरुको संकट बढ्ने भएको छ।

नयाँ कदमपछि फेसबुकको तर्फबाट पेज म्यानेजरलाई युजरको एकाउन्टमा टु(फ्याक्टर अथेन्टिकेसनबाट सुरक्षित गर्नका लागि भनिनेछ । साथै उनको प्राइमरी होम लोकेसनलाई पनि कन्फर्म गर्न पनि भनिनेछ । फेसबुकले यस प्रक्रियालाई आगामी सातादेखि इन्स्टाग्राम जस्ता अन्य फेसबुक प्लेटफर्मममा पनि लागू गर्ने भएको छ।

यसका अलावा मोबाइल डेटिङ प टिन्डर र बम्बललाई चुनौती दिन फेसबुकले आफ्नो डेटिङग परियोजनालाई पनि आन्तरिकरुपमा आफ्ना कर्मचारीबीच परीक्षण सुरु गरेको छ।

द भर्जको रिपोर्ट अनुसार एक स्वतन्त्र एप रिसर्चर जेन मन्चुन वोङ्गले डेटिङ फिचरको परीक्षणको जानकारी संकलन गरेर ट्विटरमा सेयर गरेका छन् ।

स्क्रिनसटमा देखाइए अनुसार आफ्ना कर्मचारीबीच परीक्षणको मतलब एपका युजर इन्टरफेसलाई उत्कृष्ट बनाउन र कुनै पनि बगको पहिचान गर्न खोजिएको हो । यसको मतलब आफ्ना सहकर्मीसँग डेटिङ भने होइन ।

यसको स्क्रिनसटमा लेखिएको छ, यो उत्पादन अमेरिका फेसबुक कर्मचारीका लागि हो, जसले फेसबुकको नयाँ डेटिङ प्रोडक्टको परीक्षणमा सहभागी हुने निर्णय लिए ।

रिपोर्ट अनुसार फेसबुकले आफ्ना कर्मचारीलाई उनको डेटिङ प्रोफाइलमा फर्जी डाटाको प्रयोग गर्न भनेको छ । कम्पनीले यो एप सार्वजनिक रूपमा लन्च गर्नुभन्दा पहिले यी सबै डाटालाई डिलिट गरिनेछ ।

स्क्रिनसटमा अगाडि लेखिकएको छ, यस प्रोडक्टको परीक्षणमा सहभागी हुनु पुर्णरुपमा स्वेच्छिक हुनेछ र यसले तपाईँको जागिरमा कुनै असर गर्नेछैन ।


ताजा समाचार