Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

खोलामा बगेर महिलाको मृत्यु

जाजरकोट । बारेकोट गाउँपालिका–५ नायकबाडाकी २३ वर्षीय तारासिंह अधिकारीको नलगाड खोलाको मालुवातरामा शव भेटिएको छ ।

उनलाई कसरी खोलाले बगायो भन्ने खुल्न सकेको छैन । आइतबार घरबाट उपचार गर्न भन्दै प्राथमिक स्वास्थ्य केन्द्र लिम्सातर्फ एक्लै हि‌ँडेकी सिंहको शव सोमबार १० किलोमिटर तल रहेको मालुवातरामा फेला परेको हो ।

अस्पताल जाने बाटोमा पर्ने गोलखानी खोला र नलगाड मध्ये कुनै एक खोलाबाट बगेर उनको मृत्यु भएको आशंका गरिएको स्थानीय प्रकाश गिरीले बताए । मृतकका पति जनकबहादुर सिंह रेडियो जाजरकोटमा आवद्ध संचारकर्मी हुन् । मृतककी एक छोरी छन् ।

 


ताजा समाचार