Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

पोखरा प्रिमियर लिगमा दुई विदेशी र दुई स्थानीय खेलाडी अनिवार्य

पोखरा । आगामी कात्तिकमा हुने पोखरा प्रिमियर लिग (पीपीएल) मा सहभागी हुने टिमले दुई विदेशी र दुई स्थानीय खेलाडी अनिवार्य समावेश गर्नुपर्ने भएको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले पहिलोपल्ट क्रिकेट लिगमा स्थानीय खेलाडी अनिवार्य गरेको हो ।

प्रतियोगिताबारे जानकारी दिन सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले अक्सनको माध्यमबाट खेलाडी छनोट गर्ने बताउनुभयो । उक्त नियमले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्न मद्दत पुग्ने उहाँले बताउनुभयो । कात्तिक ९ देखि २० सम्म पोखरा रंगशालामा रहेको क्रिकेट मैदानमा हुने टी–२० क्रिकेट प्रतियोगितामा ‘फ्रेन्चाइज बेस’ मा ६ टिम सहभागी हुनेछन् ।

पोखरा, काठमाडौं, बुटवल र विराटनगर, नेपालगञ्ज र धनगढी फ्रेन्चाइज टिम हुने बताइएको छ । आयोजकका अनुसार प्रतियोगिताको पुरस्कार राशी हालसम्मकै सर्वाधिक हुने छ । यसअघि धनगढी प्रिमियर लिग (डीपीएल) मा उपाधी विजेताले २५ लाख रुपैयाँ पाउँदै आएका छन् । यद्यपि, पुरस्कार रकम भने घोषणा भइसकेको छैन । लामाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई पत्राचार गरिसकेकोले छिट्टै स्वीकृति प्राप्त हुने बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न दुई करोड रुपैयाँ खर्च लाग्ने उहाँले जानकारी दिनुभयो । तयारी धमाधम आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले पीपीएललाई लक्षित गर्दै मैदान निर्माण कार्यलाई तीब्रता दिएको छ ।

kf]v/f lk|ldo/ lnu -kLkLPn_ x’g] kf]]v/f /+uzfnfsf] lgdf{0fflwg lqms]6 d}bfg . tl:a/ M bLks kl/of/

प्रालिले आफ्नै पहलमा मैदान सम्याएको थियो । अहिले पिच निर्माण कार्य भइरहेको छ । भारतका क्युरेटर सन्तोष सिंह सहितको टिमले काम गरिरहेको छ । मैदानमा चार पिच निर्माणाधिन अवस्थामा छन् । अन्तर्राष्ट्रिय स्तरको पिच बनाउन लक्ष्य रहेको प्रालिका प्रबन्ध निर्देशक लामाले बताउनुभयो । ‘हामीले बनाउने पिच स्पाइक जुत्ता लगाएर खेल्न मिल्ने हुनेछ,’ उहाँले भन्नुभयो, ‘राजधानी बाहिर यस्तो पिच पहिलो हो ।’ मैदानमा लेभलिङ गर्ने, घाँस रोप्ने, पेभिलियन, स्थायी खालको स्कोर बोर्ड निर्माण कार्य चलिरहेको छ । दर्शकको सुविधाका लागि स्क्रिन राखिने आयोजकले जनाएको छ । मैदान निर्माण अन्तिम चरणमा पुगेपछि साढे ४ हजार दर्शक अट्ने अस्थायी प्यारापिट पनि आयोजकले नै निर्माण गर्ने छ । सोमबार राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा, क्याप्टेन पारस खड्का, क्रिकेटर ज्ञानेन्द्र मल्लले मैदानको अवलोकन गरेका थिए । खेल पर्यटनमा कोशेढुंगा गण्डकी प्रदेशको खेल पर्यटनमा पीपीएल कोशेढुंगा बन्ने बताइएको छ । पत्रकार सम्मेलनमा प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले पोखरालाई खेल पर्यटनको हब बनाउने प्रदेश सरकारको उद्देश्यलाई पीपीएलले सहयोग पुर्‍याउने बताउनुभयो ।

प्रदेश सांसद दीपक कोइरालाले पीपीएलले पोखराको क्रिकेटमा नयाँ तरंग ल्याउने बताउनुभयो । उहाँले पोखराको मैदानलाई क्रिकेटको अन्तर्राष्ट्रिय भेन्युको रुपमा स्थापित गर्न प्रतियोगिताले मद्दत पुर्‍याउने उल्लेख गर्नुभयो । राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले प्रतियोगिताबाट पोखराले फाइदा लिन सक्ने बताउनुभयो । उहाँले आगामी १० वर्षमा टेस्ट खेल्ने राष्ट्रको रुपमा उभ्याउन पूर्वाधान आवश्यक भएकोले पोखरा लगायतका सहर उपयुक्त हुने उहाँको भनाइ थियो । क्याप्टेन पारस खड्काले पोखराको मैदानमा माछापुच्छ्ेर हेर्दै खेल्नु जस्तो मज्जा अन्त नभएको बताउनुभयो । उहाँले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण देशभरी नै गर्ने सोच बनाएकोले आगामी प्रशिक्षण पोखरामै गर्न सकिने बताउनुभयो । ‘सातै प्रदेशमा क्रिकेट मैदान बनोस् भन्ने हाम्रो चाहना छ,’ उहाँले भन्नुभयो, ‘पोखरामा क्रिकेट हुँदा अरु प्रदेशमा उत्साह आउन सक्छ ।’

कान्तिपुरबाट साधार


ताजा समाचार