Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

दुर्गममा काम गर्ने अभिकर्तालाई सम्मान

जाजरकोट । सुर्या लाईफ ईन्स्योरेन्स क.लि.शाखा कार्यालय जाजरकोटद्धारा दुर्गममा काम गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको छ ।दुर्गममा कम्पनीका लागीराम्रो व्यवसाय दिएका अभिकर्ताहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा नलगाड न.पा.१ जाजरकोटकि टिका कुवँर, विनिता पुन लगायत छिमेकि जिल्ला आठविसकोट न.पा.९ रुकुमकि रामकला शाहि,भिमकला मल्ल,शुष्मा शाह,रमिता केसि मल्ल, र भेरी न.पा.१ जाजरकोट कि झरना विसी हुन ।

२५ जना अभिकर्ताहरुकोसहभागीता रहेको उक्त सम्मान तथा अभिमुखिकरण कार्यक्रममाराम्रो व्यवसाय दिने अभिकर्ताहरुलाईसुर्या लाईफ इन्स्योरेन्स कम्पनीका जाजरकोट शाखा प्रमुख सरस्वती गिरीले दोसल्ला लगाई सम्मान गरिनुका साथै कम्पनीको ब्यागहरु समेत हस्तान्तरण गरेकि हुन ।

जिल्लाको दुर्गम गाउँमा रहेको वेरोजगारीलाई मध्यनजर गर्दै विशेष गरी महिलाहरुलाई आत्मनिर्भर तर्फ उन्मुख गराउन कम्पनीमाराम्रो व्यवसाय दिने अभिकर्ताहरुलाई सम्मान गरिएको शाखा प्रमुख गिरीले वताईन ।

यसै गरी गत शुक्रवार देखि शनिवार सम्म संचालन भएको उक्त कार्यक्रममा सहजीकरण गर्दै प्रमुख गिरीले जीवन बीमाको महत्व,बीमा बिक्री गर्ने कला,सफल बीमा अभिकर्तामा हुनु पर्ने गुणहरु,कम्पनीका विमा योजना तथा स्किम र विमा समितिले निर्देशित गरेका विमा सम्बन्धी नीती तथा मार्गनिर्देशनवारे सहभागीहरुलाई जानकारी गरेकि हुन ।

उक्त सम्मान कार्यक्रममा विमा व्यवसायलाई नै मुख्य पेशा वनाई नियमित रुपमा काम गरेमा जीवनमा आर्थिक समस्या नपर्ने र जागिर खोज्दै हिडनुपर्ने वाध्यता नरहेको कम्पनीका अभिकर्ता विनिता पुन र टिका कुवँरले वताईन ।


ताजा समाचार