Loading... आजः बिहिबार, जेष्ठ १८, २०८०
Trending

पशुपतिमा मुर्ति बोलेपछि…..(भिडियोसहित)


काठमाडौँ । पशुपतिनाथ हिन्दु धर्मालम्बीहरुको पवित्र तिर्थस्थल । जहाँ वर्षमा लाखौँ मान्छेहरु दर्शन गर्न पुग्छन् । यही पशुपतिमा मुर्ति बोल्न थाल्यो वा मान्छेले जस्तै गरि आँखा खोल्न थाल्यो भने के होला ? तर, यस्तै भएको छ ।

यो साँच्चिकै घटना नभएर तीज गीतमा देखाइएको घटना हो । कस्तुरी म्युजिक प्रालिको प्रस्तुतीमा लोकेन्द्र रानाले ‘पशुपतिमा मुर्तिले बोल्छ रे’ बोलको रमाइलो एवं नाँचौ नाँचौ लाग्ने तीज गीत बजारमा ल्याएका छन् ।

एरेन्जर तथा गायक राजु सुनामको लय/शब्द रहेको गीतमा चर्चित गायिका पूर्णकला बिसी र गायक कृष्ण पुन मगरले स्वर दिएका छन् ।
प्रकाश सपुत, दिपासा बिसी, रामकुमार शाही (क्षितिज समर्पण), जयबहादुर रावल, लोकेन्द्र राना र निशाको अभिनय रहेको गीतको म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन् ।

प्रकाश खड्काले क्यामरा चलाएको भिडियोलाई मिलन र पदमले सम्पादन गरेका हुन् । भिडियोमा पशुपतिमा मुर्ति बोल्छ भन्ने सुनेर गाउँबाट दर्शन गर्न आएका दर्शनार्थीको कथा पनि जोडिएको छ ।

भिडियाे हेर्नुहाेस्


ताजा समाचार