Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

कुशे गाँउपालिका जाेड्ने सडकहरू अबरुद्ध, यात्रुहरू मर्कामा

सुरिता बस्नेत
जाजरकोट । कुशे गाँउपालिका जाेड्ने अधिकांश सडकहरू अबरुद्ध भएका छन । जाजरकोटकाे खलंगादेखि पाँचकाटिया, छेडागाड नगरपालिका खारादेखि थलह, बाटुल्ले, जाने सडकहरू अबरुद्ध भएका हुन ।

सडक अबरुद्ध भएसगै यात्रुहरूलाई अावत जावतमा समस्या भएकाे छ । लगातारको बर्षाकाे कारणले सदरमुकाम जाेडिने सडक बन्द भएका छन् । सडक अबरुद्ध भएपछि सदरमुकाम देखि पाँचकाटिया, ढिमे, पैक, थलह बाटुल्ले ,पजारू, टालेगाँउ, अर्छानी र गाँउपालिकाका स्थानीयहरू मर्कामा परेका छन । बिरामीकाे उपचार र सुत्केरी लाई प्रसुति गराउन डाेकाेमा बाेकेर स्वास्थ्य संस्था लिनुपर्ने बाध्यता छ ।

स्वास्थसस्थामा उपचार नभए डाेकामा बाेकेरै सदरमुकाम पुर्‍याउने गरेका छन ।  दुई महिना देखि अबरुद्ध सडकका बारेमा कसैले चासाे नलिएकाे कुशेगाँउपालिकाका स्थानीयले गुनासो गरेका छन् । उता गाउँ पालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले सडककाे बारेमा अाफु लागि परेकाे दाबी गरेका छन् । उनले भने  “खलंगा पाँचकाटिया सडककाे लागि भेरि नगरपालिकाले हेर्नु पर्छ कि त सडक डिभिजनले यस बिषयमा नगर प्रमुख सग बसि छिटोभन्दा छिटो पहल गर्छु ।”

पाँचकाटिया सडक भेरि नगर पालिकाले किलेर गर्याे भने कुशे गाँउपालिका भित्रका कुनै पनि सडक अबरूद्ध हुनदिने छैन र सडककै लागि  ५0 पचास लाख रूपैयाँ सडक स्तरउन्नतिका लागि छुट्याइएको छ ।  लगत्तै कुशे गाँउपालिकाका सडकहरू बनाउन लगाउछु, त्यसैगरि अबकाे केही समयमै पैककाे मालुतरार अर्छानीकाे भेटुखाना सम्मा त्यँहाका स्थानीयले अानन्दले यात्रा गर्न पाउने बस्नेतकाे भनाई रहेको छ ।


ताजा समाचार