Loading... आजः बुधबार, कार्तिक १०, २०७८

नेता खड्का द्धारा पहिरोमा मृत्यु भएका परिवारलाइ नगद रकम सहयोग

जाजरकोट, साउन २७ । एक हप्ता अघि जाजरकोटको ठाँटीवजारमा पहिरोमा पुरिएर मृत्यु भएका ९ जनाका पिडित परिवारलाइ नेपाली काँग्रेस जाजरकोटका नेता रत्नवहादुर खड्काले प्रति मृतक ३० हजारका दरले नगद राहत सहयोग दिएका छन् । निर्माण व्यावसायी समेत रहेका नेपाली काँग्रेसका महासमिति सदस्य खड्काले पहिरोमा परि मृत्यु भएकाहरुका पिडित परिवारहरुलाइ उनीहरुले अस्थायी रुपमा आश्रय लिएर वसिरहेको ठाँटीवजार स्थित वृद्धाश्रममा पुगेर सहयोग दिएका हुन् ।

आइतवार विहान वृद्धाश्रममा आयोजित एक कार्यक्रममा खडकाले उपलव्ध गराएको सहयोग रकम प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेत र खड्काले सयँुक्त रुपमा पिडित परिवारलाइ हस्पतान्तरण गरे । पहिरोमा परि मृत्यु भएका भेरी नगरपालिका ६ गंगटियाका लालवहादुर लुहारकी श्रीमति सितला लुहार छोरीहरु भगवती, रन्जना र मनिषाको लागि प्रति मृतक ३०हजारका दरले एकलाख २० हजार, कुसे गाउँपालिका ५ खुर्पा घर भइ नलगाड नगरपालिका ३ करुवाका गोविन्द परियार र दसरथ परियारको लागि उनीहरुको दिदी सुरीता परियारलाइ ६० हजार , कुसे गाउँपालिका ६ भार्माका नवीन परियारको लागि उनका वुवा कृष्ण परियालाइ ३० हजार तथा सोहि गाउँपालिकाको वडा नम्वर ५ नाउलीखेतका नरेन्द्र परियारको लागि उनका वुवा प्रेम परियारलाइ ३० हजार गरि ९ जनाका पिडित परिवारलाइ खड्काले दुइ लाख ७० हजार नगद सहयोग गरेका हुन् ।

कार्यक्रमा प्रुमख जिल्ला अधिकारी वस्नेतले राज्यले गर्नुपर्ने सहयोग खड्काले गरेर ठुलो गुण लगाएको वताए । पिडित परिवारलाइ ठुलो रकम सहयोग गरेर खड्काले सरकारी निकायहरुलाइ चुनौति दिएको समेत प्रजिअ वस्तेतले वताए । मृतकका परिवारलाइ यस अघि केन्द्र सरकारले एक लाखका दरले, प्रदेस सरकारले २५ हजारका दरले, र भेरी नगरपालिकाले ३० हजारले दरले राहत रकम सहयोग गरेका थिए । राहत वितरण कार्यक्रममा काँग्रेस जाजरकोटका नेता खड्काले आफुले पहिरोमा आफन्त गुमाएका पिडित परिवारको दुखमा साथ दिन यो सहयोग गरेको वताए ।

उनले धन भन्दा पनि पिडितहरुको दुखेको मन ठुलो भएकोले आफुले आफनो कमाइको रकमवाट उनीहरुलाइ यो सहयोग गरेको वताए । कार्यक्रमा उपस्थित स्थानीयहरुले सरकार र सवै सरोकारलाा निकाय मिलेर खलंगालाइ पहिरोको जोखिमवाट जोगाउने उपाया गर्नुपर्ने माग राखेका थिए ।

 


ताजा समाचार