Loading... आजः सोमवार, जेष्ठ २, २०७९

जाजरकोट – रिम्ना सडक खण्को काम नगरपालिका द्धारा सुचारु


जाजरकाेट,२७ साउन । बर्षादको समयमा अबरुद्ध भएको जाजरकोट –रिम्ना सडक खण्डको काम भेरी नगरपालिकाले सुचारु गर्न लागेको छ । जाजरकोट–डोल्पा सडकको केहि दिन देखि अबरुद्ध जिरो प्वाईन्ट देखि रिम्ना सडक खण्डको सडकको बिषयमा विभिन्न प्रचारबाजी गरिएको भन्दै नगरपालिकाले शनिवार देखि २ ओटा जेसिवि १ टिपर लगाएर काम सुरु गरीएको नगर प्रमुख चन्द्र प्रकाश घर्तीले बताए ।

घर्तीका अनुसार भेरी नगरपालिका अहोरात्र लागि परेको केहि ब्यक्तिगत स्वार्थको लागि बिभिन्न भ्रम फैलाउने काम भएको भन्दै प्रमुख चन्द्र प्रकाश घर्तीले दुख ब्यक्त गरे । नगरपालिकाको सिमित श्रोतसाधनवाट अबरुद्ध सडकहरु सुचारु गर्न केही समय लाग्ने वताउदै नगर प्रमुखले धैर्यताको सिमा नतोड्न समेत सबैलाई अपिल गरेका छन् । बर्षादले भेरी नगरपालिकाको लगानिमा निर्माण गरीएका दर्जन बढी सडकहरु अबरुद्ध भएको वताउदै नगरपालिकाको आफ्नै सिमित श्रोत साधनवाट सडक सुचारु गरिरहेको सबैकाम एकै पटक नहुने समेत प्रमुख घर्तीले बताए ।


अबरुद्ध जाजरकोट–डोल्पा सडकखण्ड दर्जनौं पटक नगरपालिकले मर्मत गरिसकेको नगरप्रमुख घर्तीको तर्क छ । सडक केन्द्रिय सडक बिभाग अन्तरगतको अधिकार र दायित्व भित्र पर्ने भएता पनि नगरपालिकाको सिमित श्रोतबाट नियमित रुपमा उक्त बिकराल समस्याको समाधन नगरपालिकाको एकल प्रयासले समाधान हुन नसक्ने भएको हुदा आबश्यक दीर्घकालीन समाधानको लागी केन्द्रिय तथा प्रदेश सरकारका प्रतिनिधिहरुसंगआफ्नो छलफल भैरहेको प्रमुख घर्तीले वताए ।
आफ्नो दाहित्व र जिम्मेवारीवाट भेरी नगरपालिका कहिले पनि नपन्छने वताउदै प्रमुख घर्तीले अबरुद्ध जाजरकोट–डोल्पा सडकको जिरो प्वाईन्ट देखि रिम्ना सडक खण्डमा ३ वटा जेसेवी २ वटा टिप्पर प्रयोग गरेर मर्मत कार्य भईरहेको जानकारी दिए । अबरुद्ध सडकको बिषयलाई लिएर कसैले पनि प्रचारको राजनीति नगर्न प्रमुख घर्तीले आग्रह गरे । शनिवार देखि सडक मर्मत कार्यमा भेरी नगरपालिकाका तर्फवाट कावा नगर प्रमुख तथा वडा नं. १ का वडा अध्यक्ष दीपक रानाले प्रत्यक्ष सहभागिता जनाएका छन् भने, जेसेवी, टिप्पर लगाएतका साधनहरुको ब्यबस्थापन गर्न वडा नम्बर २ का वडा अध्यक्ष कालीबहादुर वली पनि प्रत्यक्ष फिल्डमै खटिरहेका छन् ।


ताजा समाचार