Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

सडक मर्मतको बिषयमा अनावश्यक हल्ला भएको नगर प्रमुख घर्तीको भनाइ ।

जाजरकोट,२६ साउन । जाजरकोटको भेरी नगरपालीकाका नगर प्रमुख चन्द्र प्रकाश घतीले जाजरकोट रिम्ना डोल्पा सडक खण्ड मर्मतको बिषयमा अनावश्यक हल्ला भएको बताए । केहि दिन पहिले देखि सामाजीक सञ्जालमा जाजरकोट रम्निा डोल्पा सडक खण्डको मर्मतकोलागि आठबिसकोट नगरपालिकाले काम शुरु गरेको भन्ने केही ब्यक्तिहरुले हल्ला फिजाएता पनि उक्तकाम हाल कुनै पनि निकायले सुरु नगरेको नगर प्रमुख घर्तीले बताए ।

घर्तीका अनुसार सामाजिक संजालमा भ्रामक ढङ्गले गरिएको अफवाहले गम्भीर ध्यानाकर्षण भएको भन्दै शनिवार सामाजीक सञ्जालमा दुख ब्यक्त गरेका छन । सामाजीक सञ्जाल मार्फत जाजरकोटि जनतालाइ प्रमुख घर्तीले सर्बप्रथमतस् यो अभिव्यक्तिमा कुनै पनि सत्यता नरहेको जानकारी गराउन चाहान्छु १ प्राकृतिक प्रकोपले निम्त्याएको सबै प्रकारका बिपदहरुसङग जुध्नेक्रममा भेरी नगरपालिका परिवार सधैं जनताहरुबिच नै छ ।

नगरपालिकाको सिमित साधन र श्रोत सम्पुर्ण ढङगले जनताको हितको खातिर प्रयोग गरिएको छ । उल्लेख गरीएको छ । कुनै पनि ब्यक्तिहरु आफनो स्वार्थपूर्ण ढँगले जनता भडकाउने काममा लागिपरेको प्रमुख घर्तीले बताए ।“ सडकखन्ड दर्जनौं पटक नगरपालिकले नै मर्मत गरिसकेको छ, यद्यपि यो केन्द्रिय सडक बिभागअन्तर्गतको अधिकार र दायित्व क्षेत्रभित्र पर्द छ ।नगरपालिकाको नियमित श्रोतबाट उक्त बिकराल समस्या एकल ढङगले समाधान हुन नसक्नेहुदा आबश्यक दीर्घकालीन समाधानको लागी केन्द्र सरकार र प्रदेश सरकारका प्रतिनिधिहरुबिच छलफल भैरहेको छ” । उनले भने ।

जिल्ला भरी हाल अवीरल बर्षात नरोकिएकोले रोकिए पस्चात्त पुनः ३ वटा जे सि बि र २ वटा टिपरहरु एकसाथ भेरी नगरपालिकाले नै लगानी गरेर सडक सुचारू गराउन समेत नगर प्रमुख घर्तीले जानकारी दिए ।


ताजा समाचार