Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

नेपाल कम्युनिस्ट पार्टीका नेताहरुको रिहाइको माग राख्दै जाजरकोटमा कोण सभा

जाजरकाेट ,२६ साउन । नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) अध्यक्ष रहेको पार्टी सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई मङ्गलबार बेलुका ७ः३० बजे काठमाडौँबाट बिनाकारण गिरफ्तार गरेको भन्दै विरोध स्वारुप नेकपाले देशव्यापी कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । उक्त पार्टीले घोषणा गरेको केन्द्रीय कार्यक्रम अन्तर्गत शुक्रबार देशव्यापी कोणसभा कार्यक्रम सम्पन्न गरेको हो ।

यसैगरि पार्टीका प्रवक्ता प्रकाण्ड लगायतका पार्टीका नेताहरुलाई बिनासर्त रिहाइको माग गर्दै नेकपा, जाजरकोटले शुक्रवार खलंगाको ठाटीमा कोणसभा सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा, जाजरकोटका सेक्रेटरी केवी मल्लले सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सेक्रेटरी मल्लले प्रवक्ता प्रकाण्डलगायत नेतहरुलाई तत्काल बिनासर्त रिहा नगरे पार्टी कडा आन्दोलन गर्न बाध्य हुने वताए । साथै उनले जनगणतन्त्र स्थापना गर्न, जनजीवीकाको पक्षमा अगाडी बढेका नेताहरुलाई यसरी हतकडी लगाउनुमा सरकार नेपाली जनताको हितमा नभएको कुरा स्पस्ट भएको बताए ।

पार्टीले घोषणा गरेको कोणसभा देखि नेपाल बन्द सम्मको कार्यक्रमलाई साथ दिन सबैलाई अनुरोध गरे ।


ताजा समाचार