Loading... आजः सोमवार, मंसिर ८, २०७७
Trending

आदीवासी जनजाती महासंघ जाजरकाेटकाे तेश्रो जिल्ला अधिवेशन सम्पन्न ।

जाजरकाेट,२६ साउन । आदीवासी जनजाती महासंघ जाजरकाेटकाे तेश्रो जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । शुत्रवार जिल्ला सदरमुकाम खलंगाम जिल्ला भित्र रहेका आदीवासी जनजाती महासंघले  तेश्रो जिल्ला अधिवेशन सम्पन्न  गरेकाे हाे । अधिवेशनले

आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद जाजरकोटले चन्द्रबहादुर पुनलाई अध्यक्षमा सर्वसहमत चयन गरेको छ । पुनको अध्यक्षतामा १३ सदस्य जिल्ला कार्य समिति अधिवेशनले सर्वसहमत चयन गरेको हो ।

उपाध्यक्षमा ऐनबहादुर पुन, दुर्गा श्रेष्ठ र पदमकलि पुन रहेका छन् भने, सचिवमा धनबहादुर थापा रहेका छन् । त्यसैगरि सह सचिवमा पर्शुराम थापा रहेका छन् भने दई सह सचिव पछि मनोनित गरिने निवर्तमान अध्यक्ष टोपबहादुर थापाले जानकारी दिए । त्यसैगरि कोषाध्यक्षमा दीलमाया राना रहेकी छन् भने, सदस्यहरुमा मनिराम वुढा, गोरे गुरुङ्ग र कुशुम थापा रहेका छन् । एक सदस्य जिल्ला कार्यसमितिले मनोनित गर्ने भएको छ ।

त्यसैगरि अधिवेशनले ७ सदस्य सल्लाहाकार समिति चयन गरेको छ । अधिवेशनले चयन गरेका सल्लाहाकाहरुमा टोपबहादुर थापा, चन्द्रबहादुर वुढा, राम प्रशाद घर्ती, हरिबहादुर थापा, दलबहादुर घर्ती, बुद्धी गुरुङ्ग र दीपबहादुर घर्ती रहेका छन् ।


ताजा समाचार