Loading... आजः आइतवार, कार्तिक १६, २०७७

चौरजहारी अस्पताल प्रशाशन र मृतकका आफन्त बिच सहमति : ६ दिन पछि आफन्तले मृतकको वुझे शव

ज्ञानु गौतम रुकुम,२६ साउन ।  रुकुमक पश्चिमको चौरजहारी अस्पताल प्रशाशन र मृतकका आफन्त विच आज सहमति हुदा ६ दिन पछि आफन्तले मृतकको शव वुझेका छन ।

उपचारको क्रममा गत श्रावण २० गते मृत्यु भएकि जाजरकोट भेरी नगरपालिका वडा नं १३ कुदु निवासी यशोदा मल्ल रोकायको शव पोष्टमार्टम पछि आफन्तले वुझेका हुन । दुई पक्ष विच भएको वार्तामा मृतकका वालवच्चाहरुलाई अस्पतालले पठनपाठनमा सहयोग गर्ने मौखिक सहमति अनुसार शव वुझेको परिवारका सदस्य टिकाराम आरसीले वताउनुभयो ।

अस्पताल तोडफोड तथा तनान ग्रस्त भएपछि ६ नम्वर प्रदेश क्याविनेट वैठकले निर्णय गरी ३ सदस्य छानविन टोली चौरजहारी अस्पताल पठाएको थियो । सामाजिक विकास मन्त्रालयका उप सचिव बृष वहादुर शाहीको संयोजकत्वमा दवेन्द्र पौडेल र डाक्टर के।एन।पौडेल रहेको समितिले छानविनको काम अगाडी वढाएको छ । शुक्रबार  देखि हाल सम्म  जाजरकाेटकाे भेरी नगरपालिका वडा नम्बर १३ कुदु जाजरकोटकी यसोधा मल्ल आरसीलाई उपचारको लागि रुकुमको चौरजहारी अस्पताल अस्पताल गरिएको थियो तर उहाँको आइतबार दिउँसो ज्यान गएपछि आफन्तले चिकित्सकको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै अस्पताल प्रशासनप्रति आक्रोशित भएका  थिए  ।

पत्थरी र मृगौलाको समस्याबाट पीडित मल्ललाई आइतबार  आफन्तले उपचारको लागि काठमाडौं लैजान हेलिकप्टर बोलाएपछि चिकित्सकले उहाँलाई मृतक घोषणा गरेका थिए । मल्ललाई मृतक घोषणा गरेपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो । आइतबार देखि  आक्रोशित आफन्तले अस्पतालको ओपीडी, इमरजेन्सी, लेखा शाखा र प्रतिक्षालयमा तोडफोड ,छन्चु  जाजरकाेट सखड अबरूद्ध गरेका थिए । घटनालाई नियन्त्रमा लिन प्रहरीले नाै राउण्ड हवाई फायर गरेको थियो ।


ताजा समाचार