Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

जिल्ला प्रशासन कार्याल जाजरकाेटले अग्रिम हाजिर गर्ने डाक्टरलाई कारबाही प्रक्रियाकाे लागि शिफारीस

जाजरकोट,२६ साउन ।  महिना नबित्दै अगाडि नै हाजिर गरेर बेपत्ता हुने चिकित्सकलाई स्थानीय प्रशासनले कारबाहीका लागि सिफारिस गरेको छ । जाजरकोट अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा। पूर्णिमा राईले साउनभरिको हाजिर गरेर जिल्ला छाडेको समाचार बिहीबार प्रकाशन गरेपछि उनलाई  जिल्ला प्रशासन कार्यालयले  कारबाही प्रक्रियाकाे लागि शिफारीस गरेकाे हाे ।

समाचार प्रकाशन भएपछि जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाको नेतृत्वमा जाजरकोट अस्पतालमा गरिएको छड्ने अनुगमन क्रममा कार्यालय प्रमुखलाई जानकारी नै नदिन हाजिर रजिस्टरमा साउनभरिको हाजिर जनाई नेपालगन्ज गएको पाइएको निजलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।

उता डा. राइले अाफुलाइ कुनै जानकारी नभएकाे भन्दै अाफनाे गल्ती स्वकारेकि छन । अाफुले नि. कार्यालय प्रमुख लाइ साेधपुछ गरी कार्यालय बाट बाहिरीएकाे समेत बताइन भने अस्पतालका कर्मचारी र नि. कार्यालय प्रमुखले अाफुहरू लाइ कुनै जानकारी नगराएकाे दाबी गरेका छन ।

                                            महिनकाे हाजिर १ दिनमाै  

सरकारी कर्मचारीले कार्यालयमा उपस्थित भएको दिनमात्र हाजिरी गर्न पाउँछन् । अन्यथा बिदा वा काज बस्नुपर्छ । जाजरकोट अस्पतालका चिकित्सकले भने महिनाभरिको हाजिरी एकैपटक गरेको पाइएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट काजमा खटिएकी स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईले महिनाको हाजिरी एकैपटक गरेकी हुन् । उनले गत साउन १८ गते नै आगामी ३१ गतेसम्मको हाजिरी गरेर जिल्ला छाडेको पाइएको हो । डा. राई गत जेठदेखि जाजरकोट अस्पताल आएकी हुन् ।

    महँगाे तलबमा जटिल प्रकृतिका सुत्केरीको शल्यक्रियाका लागि काजमा ल्याएका डा.काम शुन्य 

जिल्ला स्वास्थ्य कार्यालय जाजरकाेटले उनलाई महँगो तलब दिएर जटिल प्रकृतिका सुत्केरीको शल्यक्रियाका लागि काजमा राखेको हो । उनको मासिक तलब दुई लाख ७७ हजार छ । तर अस्पतालमा उनको काम शून्य छ । महिनाको तीन साता जिल्लाबाहिर बस्ने, एक साता मात्र अस्पतालमा देखिने उनले अहिलेसम्म एउटै जटिल प्रकृतिको केस हेरेकी छैनन् । यहाँका गर्भवती महिला भने विशेषज्ञ सेवा अभावमा रुकुमको चौरजहारी, नेपालगन्जका अस्पताल धाउन बाध्य छन् । डा. राई तलब भत्ताको चेक साट्न भन्दै नेपालगन्ज गएको अस्पालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशरजंग कार्कीले बताए । राईले आगामी दिनको हाजिर पनि एकैपटक गरेकोबारे अनभिज्ञता दर्शाउँदै उनले बिरामीको चापले गर्दा हेर्न नभ्याएको जनाए । काजमा आएकाको छुट्टै हाजिरी रजिस्टर हुने उनको भनाइ छ ।


ताजा समाचार