Loading... आजः आइतवार, अशोज ३, २०७८

पहिरोमा बेपत्ता गोविन्दको सव शुत्रबार भेटियो 

जाजरकोट,२६ सउन । आठ जनाको ज्यान जाने गरी सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरो प्रभावित क्षेत्रमा बेपत्ता भएका गोविन्द परियारकाे सब शुत्रवार भेटिएकाे छ । नलगाड ३ करुवाका १२ वर्षीय गोविन्द परियारकाे ६ दिन पछि शुत्रवार मात्र सब भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक रबिन्द्र बहादुर सिंहले जानकारी दिए । आईतवार नभेटिएका गोविन्द सोमवार देखि खोजतलास गर्दा हाल शुत्रवार मात्र नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाले शुत्रवार परियार लाइ भेटाएको उपरीक्षक सिंहले जानकारी दिए ।

आईतवार ८ जनाकाे सव निकाले पनि गोविन्द नभेटिएपछि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले खोजीकार्य जारी राखेका थिए । दिनभर करीब तीन सयको संख्यामा सुरक्षाकर्मी र स्थानिय परिचालन गरिएपनि पहिरोमा पुरिएको आशंका गरिएका गोविन्द परियारलाइ शुक्रबार  फेला पारेकाे प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले जानकारी दिए । पानी नरोकिएको र पहिरो गएको ठाँउ हिलाम्य भएकोले उद्धारमा कठिनाई भएको ६ दिनको प्रयास पछि सब उद्धार गरीएको प्रजिअ बस्नेतले जानकारी दिए ।

हाल सम्म मृतकहरू लाइ संघिय सरकारले एक लाख र प्रदेश सरकारले २५ हजार ,भेरी नगरपालिकाले ३० हजार  थपेर एक लाख ५५ हजारका दरले राहत उपलब्ध गराइ सकेको प्रजिअ बस्नेतले बताए । हाल पहिराेमा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

पहिरोमा परि भेरी नगरपालिका ६ गंगटियाकी २५ वर्षिया सितला लुहार र उनकी तीन छोरीहरु भगवती, रन्जना र मनिषा, पत्रकार तिर्थ वोहराकी ८ वर्षिया छोरी नज्मा वोहरा, कुसे गाउँपालिका ५ का १३ वर्षिय नरेन्द्र परियार, सोहि गाउँपालिका ६ भार्माका ११ वर्षिय नवीन परियार र नलगाड नगरपालिका ३ करुवाका ८ वर्षिय दसरथ परियारको मृत्यु भएको थियो ।

 


ताजा समाचार