Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

नेपाल बिद्यालय कर्मचारी परिषद जाजरकोटको अन्तरक्रिया सम्पन्न

तुल्सी प्रकाश घर्ती
जाजरकाेट ।
नेपाल बिद्यालय कर्मचारी परिषद, जाजरकोटले जिल्ला सदरमुकाम खलंगामा बिहीवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । राज्यको दायित्व सामुदायिक बिद्यालयका कर्मचारीहरुको स्थायित्व बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

सामुदायिक बिद्यालयका कर्मचारीहरुलाई राज्यले सौतेनी ब्यबहार रेको वताउदै नेपाल बिद्यालय कर्मचारी परिषदका सचिवालय केन्द्रिय सदस्य लोकेन्द्र सिंहले भने–‘कर्मचारीहरुको स्थायित्वका लागि नेपाल बिद्यालय कर्मचारी परिषदले राज्यसंग सम्वाद र प्रतिवादको दुवै विधीलाई अबलम्बन गरेको छ ।’

आन्दोलन गर्नुमा विभिन्न प्रकारका माग हुने वताउदै सचिवालय केन्द्रिय सदस्य सिंहले आन्दोलन केका लागि गर्ने र कुन वर्ग समुदायको पक्षमा गर्ने भन्ने बिषय महत्वपूर्ण हुने वताए । उनले कतिपयको आन्दोलन राजनैतिक अधिकारका लागि हुने, कतिपयको आन्दोलन खाद्य सम्प्रभुताको लागि हुने, कतिपयको आन्दोलन स्वस्थकर, पोषणयुक्त खानाको लागि हुने वताए । आफुहरुले यतिवेला गरिरहेको आन्दोलन सामुदायिक बिद्यालयमा कार्यरत कर्मचारीहरुको स्थायित्व र सेवा सुविधाको लागि गरिएको वताए ।

आधारभुत विद्यालयका सहयोगीहरुको दैनिक तलव ६० रुपैया हुने वताउदै सचिवालय केन्द्रिय सदस्य सिंहले भने–‘आधारभुत विद्यालयमा सहयोगिले ६० रुपैयामा दैनिक विद्यालयमा दिवा खाजा पकाएर बालबालिकालाई खुवाउनु पर्ने, खाजा पकाउनलाई जंगल गएर दाउरा ल्याउनु पर्ने मात्र नभएर विद्यालय प्रअको घरमा गएर हलो जोत्नु पर्ने अबस्था रहेको छ ।’

पेशागत मागहरु लिएर संघीय सरकारसंग पुग्दा सिंहदरवारको अधिकार गाउँमा पुगेको वताउदै संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई सिकाउने गरेको वताउदै सचिवालय केन्द्रिय सदस्य सिंहले प्रदेश सरकारसंग पुग्दा तपाईहरुका मागहरु एकदमै जायज छन्, मागहरु हेर्दा यि मागहरु अहिलेनै पुरा गरौं जस्तो लाग्छ तर, के गर्नु प्रदेश सरकारले ऐन, कानुन नबनाउदासम्म केही पनि गर्न मिल्दैन भन्दै पन्छिने गरेको वताए । सिंहले स्थानीय सरकारका रुपमा रहेका गाउँ तथा नगरपालिकाले पनि ऐन र कार्यविधी बनाई नसकेको भन्दै दोष संघीय सरकारलाई दिने गरेको वताए ।

उक्त अन्तरक्रिया कार्यक्रममा बिहीवार देशका ७७ वटै जिल्लामा अन्तरक्रिया कार्यक्रम भईरहेको वताउदै, नेपाल बिद्यालय कर्मचारी परिषदले यही साउन २५ गते देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय ईकाइ कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने, साउन ३० गते स्थानीय गाउँ तथा नगरपालिकामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि आन्दोलनका कार्यक्रमवारे जानकारी गराउनुको साथै राय सुझाव संकलन गर्ने, साउन ३१ गते केन्द्रिय समितिले पेश गरेको ज्ञापन पत्रमा स्थानीय स्तरका मागहरु समावेश गरि स्थानीय गाउँ तथा नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउने, उक्त कार्यक्रमवाट सरकार सकारात्मक नदेखिए आगामी भदौं ३ र ४ गते देशभरिका सामुदायिक विद्यालय वन्द गरि भदौ ७ गते काठमाण्डौंमा शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम रहेको जानकारी गराईएको थियो ।

बिरेन्द्र रानाको अध्यक्षतामा सम्पन्न नेपाल बिद्यालय कर्मचारी परिषद, जाजरकोटको अन्तरक्रिया कार्यक्रमको प्रमुख अथिति नेपाल शिक्षक महासंघ, जाजरकोटका अध्यक्ष हेरम्बबहादुर शाह रहेका थिए । उक्त अन्तरक्रिया कार्यक्रममा शिक्षण पेशाका विभिन्न पेशागत संगठनका प्रमुख तथा प्रतिनीधि, नागरिक समाज र पत्रकाहरुले आफ्नो भनाई राख्दै आन्दोलन प्रति एक्येवद्धता जनाएका थिए ।


ताजा समाचार