Loading... आजः सोमवार, कार्तिक १०, २०७७

प्रमुख जिल्ला अधिकारी बस्नेत द्धारा पहिराे पिडित लाइ राहत हस्तान्तरण

रेशम बहादुर खडका  जाजरकोट,२३ साउन ।  जाजरकोटमा आइतवार विहान भेरी नगरपालिका ३ ठाँटीवजारमा गएको पहिरोमा परि ज्यान गुमाएकाहरुको पिडित परिवारलाइ जिल्ला प्रशासन कार्यालयकाेतर्फवाट एक लाखका दरले राहत सहयोग दिइएको छ । भेरी नगरपालिका वडा नम्वर ३ ठाँटीवजार स्थित पानीनाउला जाने वाटोको छेउमा रहेका दुइ घर माथिवाट आएको पहिरोले पुरिदा मृत्यु भएका सात वालवालिका सहित आठ जनाका पिडित परिवारलाइ जिल्ला प्रशासन कार्यालय बिपत उद्धार समितिकाे तर्फवाट प्राप्त राहत रकम बुधवार हस्तान्तरण गरिएको हो ।

मंगलवार भएकाे जिल्ला दैबिक प्रकाेप समितिकाे निर्णय अनुसार  राहत रकम उपलव्ध गराएको प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले  जानकारी दिए ।बुधवार जिल्ला सदरमुकाम खलंगाकाे आश्रय लिएर वसिरहेको ठाँटीवजार स्थित वृद्धाश्रममै पुगेर प्रमुख जिल्ला अधिकारी  वस्नेतले राहत रकम हस्तान्तरण गरेका थिए । प्रजिअ वस्नेतले पहिरोले घर पुरेर विस्थापित भएका पत्रकार तिर्थ वोहरा र गोपाल सुनारलाइ १० हजारका दरले नगद हस्तान्तरण गरेका थिए । 

पहिराे पिडित लाइ महासंघकाे सहयाेग 

नेपाल  पत्रकार महासंघ जाजरकोट शाखाले पनि पहिराेमा परि ज्यन गुमाएका लाइ अार्थिक सहयाेग गरेकाे छ । महासंघका अध्यक्ष भिम बहादुर सिंहले दश हजार रूपाैया र महासंघका पूर्व अध्यक्ष जनक केसीले ५ हजार  अार्थिक सहयाेग गरेका छन । शनिवार भएकाे पहिराेमा ज्यान गुमाएका अाफन्तलाइ अावश्यक खर्च जाेगाडा गर्नकाे लागि अार्थिक सहयाेग गरीएकाे महासंघका अध्यक्ष भिम बहादुर सिंहले जानकारी दिए । साथै महासंघका सदस्य तिर्थ बाेहराकाे घर बिहिन भएकाेले हाल महासंग मार्फत केन्द्रमा पहल गरिएकाे समेत अाग्रह गरे ।

वेपत्ता फेला नपरेपछि  मृतक सरह राहत हस्तान्तरण 

आठ जनाको ज्यान जाने गरी सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरो प्रभावित क्षेत्रमा बेपत्ता भएका गोविन्द परियार लाइ करिव ४ दिन सम्म घटना स्थलमा खाेजिकार्य भएकाेले अाल सम्म नभेटिए पछि मृतक साेसरह गरी मृतक सरह राहत हस्तान्तरण गरीएकाे छ । जिल्ला प्रशासन कार्यालय जाजरकाेटले बुधवार परियारलाइ ४ दिन सम्म खाेजिकार्य गर्दा नभेटिए पछि मृतक साेसरह राहत हस्तानतरण गरीएकाे  प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले जानकारी दिए ।

बेपत्ता हुनेमा नलगाड ३ करुवाका १२ वर्षीय गोविन्द परियार अझै भेटिएका छैनन् । आईतवार देखि बुधवार सम्म नेपाल प्रहरी ,शस्त्र प्रहरी , नेपाल सेनाले  दिनभर खोजतलास गर्दा पनि भेटिन नसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए ।प्रहरी निरीक्षक सुनारका अनुसार हाल सम्म खेजिकार्य जारीरहेके बताए ।

आईतवार ८ ओटा सव निकाले पनि गोविन्द नभेटिएपछि सोमवार विहानै देखि  मंगलवार पनि नेपाली सेना , नेपाल प्रहरी र शसस्त्र प्रहरीले खोजी गरेपनि उनी नभेटिएको प्रहरी निरीक्षक सुनारले बताए  हाल उद्धार कार्य जारी छ । दिनभर करीब तीन सयको संख्यामा सुरक्षाकर्मी र स्थानिय परिचालन गरिएपनि पहिरोमा पुरिएको आशंका गरिएका गोविन्द फेला पर्न सकेका छैनन् । पानी नरोकिएको र पहिरो गएको ठाँउ हिलाम्य भएकोले उद्धारमा कठिनाई भएको उनले बताए । मंगलवार बेपत्ता गोविन्दको पुनः खोजी जारी रहने प्रहरीले जनाएको छ ।

पहिरोमा परि भेरी नगरपालिका ६ गंगटियाकी २५ वर्षिया सितला लुहार र उनकी तीन छोरीहरु भगवती, रन्जना र मनिषा, पत्रकार तिर्थ वोहराकी ८ वर्षिया छोरी नज्मा वोहरा, कुसे गाउँपालिका ५ का १३ वर्षिय नरेन्द्र परियार, सोहि गाउँपालिका ६ भार्माका ११ वर्षिय नवीन परियार र नलगाड नगरपालिका ३ करुवाका ८ वर्षिय दसरथ परियारको मृत्यु भएको थियो भने दसरथकै दाजु १३ वर्षिय गोविन्द परियार पहिरोमा पुरिएर वेपत्ता भएका छन् । वेपताको खोजि कार्य भईरहेको भएपनि अहिले सम्म फेला पर्न सकेका छैन्न ।


ताजा समाचार