Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

जाजरकाेटमा भएकाे पहिराे बारेमा बिसीकाे भावुक (गजल )

 

                             गजल – १

आयर पहिरो बगायो वारि जाजरकोट  रुदै छ
लग्यो नि सबै सखाप पारी जाजरकोट  रुदै छ ।।

उखेली लग्यो भयको सबै मौसम बैरी भो
बचेका जति जिउदै मारी जाजरकोट  रुदै छ ।।

कस्तो हो नियती प्रकृति तेरो  दिदैछै तनाब
सहदै बस्यो सबै थोक हारी जाजरकोट रुदै छ ।।

पिलायो पानी सफा छु भनी त्यो भेरी नदिले
रिसले होला लगाइ आरि जाजरकोट  रुदै छ ।।

मनमा पीडा रहेना बाँस छानो भो आकाश
बोकाय धेरै दुखका भारी जाजरकोट  रुदै छ ।।

सन्देश पुर्याउ बन मन्त्री सम्म बचाउन सहर
जुटौन सबै पुरुस नारी जाजरकोट  रुदै छ ।।

गजल – २

सरकार दिन्छ राम्रो बजेट गाउमा बनाउ बाटो भनि ।
फुर्तिला ती कार्यकर्ता रुन्छन भयो घाटो भनी।

बिकाश के हो थहा छैन सोझा साझा जनतालाई
हुने खाने कोट्पाइन्ट लाउने जिस्काउदैछन लाटो भनी

चुनाब आउदा गाउभरी जता हेर्नू नेतै नेता
दुइचार हजार फाल्दै हिड्छन खानु आटो भनी ।।

मनोज बिसि  शिवालय- ८
हाल दोहा कतार।


ताजा समाचार