Loading... आजः सोमवार, कार्तिक १०, २०७७

कबिता “जाजरकोटको अावाज”

 

कबिता

सरकार !
मलाई एकै पटक अब्यबस्थित असुरक्षित धेरै बिकास चाहिदैन।
मलाई त ब्यबस्थित सुरक्षित र दिगोबिकास थोरै भए पुग्छ।
म चाहन्न सरकार
बर्खामा बाढिपहिरो ग्रष्त जिल्लाको नाम कमाउन मलाई रहर छैन सरकार
झाडापखालाको उपनाम पाउन बरु बर्षौ सम्मा पिछडिएको जिल्ला भनेर चिनोस
तर
अब्यबस्थित ढङ्गले मेरो संरचना नबिगारियोस
बाध्य नबनाईयोस मलाई बर्षैपिच्छे मेरो छाति फुटाउन रमिता नहेरिदिनुहोस
बर्षैपिच्छे मेरो रगतको कुलो बगेको बिन्ति सरकार म टुलु टुलु हेरिरहन सक्दिन
मेरा लाला बालाले चिच्याउदै प्राण त्यागेको मलाई असहिय भएको छ।
मेरो छाति जलेको छ
मुटु फुटेको छ शिर छेदन गर्ने प्रयास भएको छ
जुन छाति दस बर्षे जनयुद्दका हजारौ गोलि बोकेर हिडेको छ।
जुन छातिमा नेपाली हुनुको गर्व छ।
मेरो शिर जहाँ हजारौ कला गला र प्राकृतिक सौन्दर्यताहरुको खानि छ।
जस्लाई कहिलै प्रर्दशन गर्ने मौकै मिलेन।
याद छ कि छैन सरकार त्यो दस बर्षे जनयुद्द
जतिबेला मैले हासि हासि देशको लागि मेरा हजारौ सन्तानहरुको बलि दिएको हु।
बगाएको हु रगतको नदि यो छातिलाई ढाल बनमएको हु।
त्यति मात्रै हैन नेपाल एकिकरणको पनि केही हिस्सा छ मेरो ईतिहासमा
हिजो लडाकु बनाईयो र अाज बन्धि र त प्रशोधन हुन पाएका छैनन।
ढिमे दमदालाका सुन्तोला
र दल्लि डाडागाउको मह अनुहार देखाउनै पाएका छैनन
विश्व सामु पैकको मष्टा मन्दिर, भेरेको मालिका मन्दिर,
जगतिपुरको वायुघट्ट, कालेगाउको शिवालय मन्दिर
र भेरि नदिको र्याप्टिङ जल यात्राले।
दिन प्रतिदिन चोरिशिकारि गरिदै छ बिश्वदुर्लभ रेडपाण्डाको मेरो अनुरोध
मेरा नराम्रा कुराको मात्र चर्चा नगरियोस
गरियोस प्रशंसा यी हरेक बस्तुका जस्ले मलाई मात्र हैन
देशलालाई पनि चिनाउनेछन विश्व सामु ।।

खगर प्यासि
जाजरकोट


ताजा समाचार