ठाँउ-ठाँउका पहिराेले अावतजावतमा समस्या
सुरीता बस्नेत
जाजरकाेट । जाजरकोट सदरमुकामको ठाँटी बजारमा र बसपार्क नजिकै पहिरोले सडक भत्किदा जाजरकोट, रूकुम ,सुर्खेत नेपालगंज र डोल्पाका नागरिकले समेत आवतजावतमा सास्ती खेप्नुपरेको छ ।
डाेल्पाबाट काठमाडौंकाे लागि हिडेकाे यति दुख्ख पाईएन, बसले राति पुर्यायाे महिला मान्छे बिरानो ठाउँ कँहा बस्ने खाने एकदमै समस्या भयो सामानकाे त कुरै छाेडम मानिस हिड्ने बाटो पनि छैन निकै दुख्ख पाईयाे जाजरकोट पुगिसके पछि अब कसरी जाने हाे दुखेसो गर्नु भाे डाेल्पा कि प्रेमा बुढाले ।
उहाँसंग अाउनु भएका धेरैले भन्नू भयो नगरपालिकाले के हेरेको हाेला । बस हिड्ने बाटाे बनाउन ढिला भए नि यात्रुलाई हिड्न मिल्ने सम्म बाटो बनाईदिएकाे भए कति सजिलो हुन्थ्याे दुख ब्यक्त गर्नु भयाे । पहिरो यति ठुलो छ कि नगरपालिकाको बजेटले पुनर्निर्माण असंभव प्रायः छ । यसका लागि तत्काल सडक विभागले पहल कदमी लिनुपर्थ्यो । हाम्रा संघिय तथा प्रदेशका जनप्रतिनिधीहरूले यो समस्या समाधानका लागि चाँडो भन्दा चाँडो प्रयास गर्नुपर्यो ।
पहिराेकाे कारणले गाडीहरु पार्किङ गर्न समेत समस्या भएकाे यातायात व्यवसायीहरुले बताएका छन् ।