Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

मृतकका आफन्तद्धारा छिन्चु-जाजरकोट सडक खण्ड अबरुद्ध

जाजरकाेट । शुक्रबार जाजरकाेटकाे भेरी नगरपालिका वडा नम्बर १३ कुदु जाजरकोटकी यसोधा मल्ल आरसीलाई उपचारको लागि रुकुमको चौरजहारी अस्पताल अस्पताल गरिएको थियो तर उहाँको आइतबार दिउँसो ज्यान गएपछि आफन्तले चिकित्सकको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै अस्पताल प्रशासनप्रति आक्रोशित भएका हुन् ।

डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै आक्रोशित भएका आफन्तहरुले मंगलबार छिन्चु जाजरकोट सडक खण्ड समेत अबरुद्ध गरेका छन । राज्यको अादेश भन्दै प्रहरीले अाफनाे कामकाज दमन गरि पिडितहरुकाे कुरा नसुनेकाे भन्दै मंगलबार देखि अनिच्छितकालका लागि बन्द गरिएको अानदाेलन संगर्ष समितिका संयाेजक गणेश अारसीले जानकारी दिए ।

मृत्युको कारण दाेषिलाई कारबाही मृतकलाइ क्षतिपूर्ति बालबालिकालाई पालनपोषणकाे माग गर्दा प्रहरी प्रशासन र नगर प्रमुखले दमन गरेको भन्दै छिन्चु जाजरकोट सडक खण्ड अबरुद्ध गरिएको संगर्स समितिका संयाेजक अारसिले जानकारी दिए । पत्थरी र मृगौलाको समस्याबाट पीडित मल्ललाई आइतबार आफन्तले उपचारको लागि काठमाडौं लैजान हेलिकप्टर बोलाएपछि चिकित्सकले उहाँलाई मृतक घोषणा गरेका थिए ।

पिडित पक्षले हेलिकप्टर मगाए पछि अार्थिककाे ब्यबस्थापन अस्पताल स्रोतले उपलब्ध गराउने भनेतापनि हालसम्म ब्यवस्था गरेको पिडित हरुले अाराेप लगाएका छन । साथै अागामि दिनमा प्रशासनले ब्यवस्था नगरेकोमा छिन्चु जाजरकोट सडक खण्ड लगाएत जाजरकोट जिल्ला बाट सञ्चालन हुने सबै गाडि तथा बजार समेत थप पार्ने बाध्य हुने समेत संगर्ष समितिले जानकारी दिएको छ । मल्ललाई मृतक घोषणा गरेपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो ।

आइतबार आक्रोशित आफन्तले अस्पतालको ओपीडी, इमरजेन्सी, लेखा शाखा र प्रतिक्षालयमा तोडफोड भएको थियो । सोमबार पनि बिरामीका आफन्तले अस्पतालमा आक्रमण गर्दा चारजना प्रहरी घाइते भएका छन् । मृतकका आफन्तले मृतकका बच्चाको पढाई, मृतक भएकाको उपचारमा लागेको खर्च बेहोर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । उनीहरुले घटनाका दोषिलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।


ताजा समाचार