Loading... आजः बुधबार, कार्तिक ५, २०७७

पहिरेमा बेपत्ता गोविन्द तिन दिन सम्मा पनि भेटिएनन् ।

जाजरकोट,२२ सउन ।  आठ जनाको ज्यान जाने गरी सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरो प्रभावित क्षेत्रमा बेपत्ता भएका गोविन्द अझै भेटिएनन् पहिरोमा परि बेपत्ता भएका नलगाड ३ करुवाका १२ वर्षीय गोविन्द परियार अझै भेटिएका छैनन् । आईतवार नभेटिएका गोविन्द सोमवार दिनभर खोजतलास गर्दा पनि भेटिन नसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए ।प्रहरी निरीक्षक सुनारका अनुसार हाल सम्म खेजिकार्य जारीरहेके नेपाल प्रहरी ,शसस्त्रर प्रहरी , नेपाली सेना ,घटना स्थलमा उद्धार कार्य जारीरहेके बताए ।

आईतवार ८ ओटा सव निकाले पनि गोविन्द नभेटिएपछि सोमवार विहानै देखि  मंगलवार पनि नेपाली सेना , नेपाल प्रहरी र शसस्त्र प्रहरीले खोजी गरेपनि उनी नभेटिएको प्रहरी निरीक्षक सुनारले बताए  हाल उद्धार कार्य जारी छ । दिनभर करीब तीन सयको संख्यामा सुरक्षाकर्मी र स्थानिय परिचालन गरिएपनि पहिरोमा पुरिएको आशंका गरिएका गोविन्द फेला पर्न सकेका छैनन् । पानी नरोकिएको र पहिरो गएको ठाँउ हिलाम्य भएकोले उद्धारमा कठिनाई भएको उनले बताए । मंगलवार बेपत्ता गोविन्दको पुनः खोजी जारी रहने प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारी पहिरोकाे स्थलगत निरीक्षण

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले पहिरोके स्थलगत निरीक्षण  गरेका छन ।  अइतवार पहिरो मा परि मृत्यु भएका परिवारलाई जनही एक लाख २५ हजारका दरले राहत उपलब्ध गराउने घोषणा गरेका छन् । उनले संघिय सरकारले एक लाख र प्रदेश सरकारले २५ हजार थपेर एक लाख २५ हजारका दरले राहत उपलब्ध गराउने बताएका छन् ।जाजरकोटबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने साँसदहरु गणेशप्रसाद सिंह, कृष्णा शाह र कौशिलावती खत्री सहित आएका आन्तरिक मामिला मन्त्री भण्डारीले पहिरोले क्षति पुरयाएको क्षेत्रको स्थलगत निरीक्षण गदै संघिय सरकारले प्रति मृतक एक लाख र प्रदेश सरकारले प्रति मृतक २५ हजारका दरले राहत उपलब्ध गराउने बताए । उनले घर भत्किएपछि विस्थापित भएर बृद्धा श्रम केन्द्रको भवनमा आ श्रय लिएर बसेका पिडितहरुलाई प्रदेश सरकारले संरक्षण दिने बताए । अर्को ब्यवस्था नभए सम्मका लागी आवास ब्यवस्थापनका लागी प्रति परिवार १० हजार रुपैया र खाना खर्च उपलब्ध गराउन मन्त्री भण्डारीले स्थानिय प्रशासनलाई निर्देशन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले साेमवार नैं राहत हस्तानतरण

स्थानिय प्रशासनले किरिया खर्च वापत प्रति मृतक ३० हजार दिने निर्णय गरेको छ । आइतवार नै भेरी नगरपालिकाले किरिया खर्च बापत प्रति मृतक ३० हजार दिने निर्णय गरेको छ भने घाईते लालबहादुर लुहारलाई २० हजार प्रदान गरिसकेको प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले जानकारी दिए ।

मृत्यु भएका सात बालबालिका सहित आठै जनाको सोमवार दाहसंस्कार

 भेरी ३ ठाँटीमा आईतवार विहान गएको पहिरोले तिर्थराज बोहरा र गोपाल सुनारको घर पुर्दा मृत्यु भएका सात बालबालिका सहित आठै जनाको सोमवार दाहसंस्कार गरिएकोे छ । मन्त्री भण्डारीले पिडित परिवारलाई धैर्य गर्न आग्रह गदै प्राकृतिक विपत्तिले जाजरकोटमा ठुलो जनधनको क्षति भएको भन्दै दुःख ब्यक्त गरे । ‘गत बर्ष आफ्नो ९ बर्षिय छोरालाई नदीले बगाएर मृत्यु भएको घटना सुनाउँदै यस्तो विपद र दुःख जतिवेला जसलाई पनि पर्न सक्ने भएकोले तपाईहरु नआत्तिनोस प्रदेश सरकार साथमा छ । तपाईहरुको पिडामा थोरै भएपनि मलहम लगाउन यहाँ आएका हौ’उनले भने ‘सरकार तपाईहरुको साथमा छ ।’ उनले स्थानिय प्रशासनलाई जोखिममा रहेका बस्ती र परिवारलाई समयमै सरक्षित स्थानमा सार्न निर्देशन दिएका छन् । साउन र भदौ महिना पहाडी क्षेत्र पहिरोको जोखिममा रहने भएकोले सर्तकता अपनाउन उनले सवैलाई अपील गरेका छन् ।

गाउँपालीका द्धारा राहत बितरण

 

यसै विच कुशे गाँउपालिकाले पहिरोमा परि विस्थापित भएर बृद्धा श्रम केन्द्रमा बस्दै आएका पिडित परिवारलाई खाद्यन्न , कम्मल र त्रिपाल सहयोग गरेको उपाध्यक्ष रामछाया शाहीले बताईन । त्यस्तै जाजरकोट उद्योग बाणिज्य संघले पनि पिडित परिवारलाई नगद २० हजार रुपैया प्रदान गरेको छ ।

नेपाल निजामती कर्मचारी संगठन राहत हस्तान्तरण 

शनिवार राति बाट लगातार परेको अबिरल बर्षा पछि आइतवार बिहान ७ बजे गएको पहिरोमा परि ज्यान गुमाएका आफन्त लाइ नेपाल निजामती कर्मचारी संगठनले सोमबार राहत हस्तान्तरण गरेको छ ।

नेपाल निजामती कर्मचारी संगठन जाजरकोटका अध्यक्ष डम्बर बिष्टको अध्यक्षताम  भेरी नगरपालिका वडा नं ३ मा  पहिरोमा परि ज्यान गुमाएका तथा घाईते भएका ५ परिवारलाई  राहत सामग्री हस्तान्तरण गरीएको नेपाल निजामती कर्मचारी संगठन जाजरकोटका अध्यक्ष डम्बर बिष्टले जानकारी दिए ।

शोकमा जिल्ला सदरमुकाम खलंंगाका निजी तथा सरकारी विद्यालयहरु सोमवार बन्द

पहिरोमा धेरै स्कुले बालबालिका परेकोले जिल्ला सदरमुकाम खलंंगाका निजी तथा सरकारी विद्यालयहरु सोमवार बन्द गरिएको छ । पहिरोमा परि सात बालबालिका सहित आठ जनाको मृत्यु भएको थियो । एक जना बालक अझै हराईरहेका छन् ।

घटना प्रति जनप्रतिनिधि द्धारा दुख ब्यक्त

 घटनाको बारेमा जाजरकेट बाट निर्वाचित बनमन्त्री शक्तिबहादुर बस्नेत, प्रदेश साँसदहरु गणेशप्रसाद सिह, करवीर शाही, कृष्णा शाह, कौशिलावति खत्री, भेरी नगरप्रमुख चन्द्रप्रकास घर्ती, उपप्रमुख भावना भणडारी, वारेकोट गाँउपालिका अध्यक्ष महेन्द्र शाह, कुशे गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेत,नलगाड नगरपालिका नगर प्रमुख टेक बहादुर रावल ,शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार बस्नेत ,जुनिचाँदे गाउँपलिकाका अध्यक्ष कृष्ण बहादुर कसी,लगायतले दुःख ब्यक्त गदै शोकाकुल परिवारजनमा धर्यधारण गर्न आग्रह गरेका छन् ।


ताजा समाचार