Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

किन अालाेचित हुन्छन् : जनप्रतिनिधि !

• जीवन डाँगी

उतिबेला राजनीतिक नेतृत्व देखि नागरिकले अालाेचना गर्ने तप्का थियाे – कर्मचारी । कर्मचारीले गरेका कामकाे टिप्पणी गर्दै दैनिक उफ्रने याे जमात अाजपनि सड्कमै छ । जनप्रतिनिधि नभए भ्रष्टाचार माैलायाे भन्नेहरु यतिबेला भ्रष्टाचारमै डुबेका छन् । अर्कालाई भ्रष्टाचारकाे अाराेप लगाउन कति सजिलो रहेछ, जनप्रतिनिधिले मजाले भाेगिरहेका छन् । … जनप्रतिनिधि कति राजनीतिज्ञ छन् ।

उनीहरूकाे पहिलो प्राथमिकता राजनीति पक्कै थिएन – केही बाहेक । कतै न कतै पैसा कमाउन तल्लिन, ब्यक्ति उठाएर राजनीति पार्टीहरुले उम्मेदवार बनाए । चुनाबमा धेरै पैसा खर्च गर्न सक्ने, युवा परिचालन गर्ने, धाधली गर्न जानेका पार्टीहरुकाे राेजाइमा थिए । गाउँमै बसेर राजनीति गरेकाहरुलाई सबै पार्टीहरुले कमै टिकट दिएका थिए । उनीहरु अहिलेपनि गाउँकै सेवामा छन् तर जनप्रतिनिधि छैनन् । … चुनाबपुर्ब गाउँमै बसेका जनप्रतिनिधि कमै छन् ।

प्रायः गाउँ छाडेर बाहिर बस्ने, बिदेशबाट अाएकाहरुकाे जमात देखिन्छ । निर्वाचनताका लाेकप्रियताका लागि चिप्ला-चिप्ला नारा बनाएकै कारणपनि तिब्र अालाेचित भएका छन् । उनीहरूले समाजकाे मापन नगरि, चुनाब जित्न कै लागि बनाएका नाराले अहिले अाफै चिप्लि रहेका छन् । … चुनाब लड्दा धेरैले घर-खेत देखि गाडी, घाेडा, डाेजर सम्म बेच्नु पर्याे । चुनाव जित्नकै लागि लाखौं खर्चेका, उनीहरू अहिले रकम कुम्लाउन लागिपरेका खबर कतै न कतै सत्य हुन् । सिमित जनप्रतिनिधिहरुले मात्रै राम्रो काम गरेको सुन्न पाईन्छ ।

धेरैले निजि र अाछे-पाछेहरुकाे स्वार्थका लागि काम गर्दा पनि अालाेचित छन् । स्थानीय तहमा हुने, बिकास निमार्णका हरेक काममा जनप्रतिनिधिले अाफ्नै डाेजर प्रयोग गर्ने क्रंमले नागरिकबाट टिप्पणी हुनु स्वभाबिक मानिन्छ । उनीहरुले टेन्डर नबनाए, अाफु निकट ब्यक्ति समेटेर समिति बनाउदा पनि यत्राे समस्या पैदा भएको हाे । … जनप्रतिनिधिहरुले जनताकाे बिस्वास जित्न सकेका छैनन् । मत जितेर मख्खै परेका उनीहरु, याे भन्दा अगाडि राजनीति यात्रा देख्दैन् । स्थानीय तहमा पुगेपछि जस्तो काम गरेपनि हुन्छ भन्ने मानसाय छ । गाउँकाे सिंहदरबारमा राज गर्ने समय ४ बर्ष मात्र छ भन्ने हेक्का पनि छैन् ।


ताजा समाचार