नेपाल निजामती कर्मचारी संगठन जाजरकाेट द्धारा राहात हस्तान्तरण ।
जाजरकोट । शनिवार राति बाट लगातार परेको अबिरल बर्षा पछि आइतवार बिहान ७ बजे गएको पहिरोमा परि ज्यान गुमाएका आफन्त लाइ नेपाल निजामती कर्मचारी संगठनले सोमबार राहत हस्तान्तरण गरेको छ ।
नेपाल निजामती कर्मचारी संगठन जाजरकोटका अध्यक्ष डम्बर बिष्टको अध्यक्षताम भेरी नगरपालिका वडा नं ३ मा पहिरोमा परि ज्यान गुमाएका तथा घाईते भएका ५ परिवारलाई राहत सामग्री हस्तान्तरण गरीएको नेपाल निजामती कर्मचारी संगठन जाजरकोटका अध्यक्ष डम्बर बिष्टले जानकारी दिए ।
अध्यक्ष बिष्टका अनुसा कर्मचारीहरूको आर्थिक सहयोगमा चामल २५ के। जि। , दाल २ के। जि। , चिनि २ के. जि. , चिउरा २ के. जि. , तेल १ लिटर , नुन १ के. जि. , कम्बल १ थान भेरी नगरपालिका जाजरकोट का ना।सु। सनत दवाडी मार्फत हस्तान्तरण गरिएको बिष्टले जानकारी दिए । यस्तै जिल्लाको कुशे गाउँपालिकाले पनि राहत हस्तान्तरण गरेको छ ।