Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

घटनास्थलमै पुगेर कानूनमन्त्री भण्डारीले पहिरो पिडितलाई राहत वितरण ।(फोटो फिचर)


रेशम बहादुर खडका
जाजरकोट २१ साउन ः कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जाजरकोट भेरी नगरपालिका ३ ठाँटीमा खलंगामा आईतबार बिहान पहिरोमा परी मृत्यु भएका परिवारहरुलाई राहत प्रदान गरेका छन । कानूनमन्त्री भण्डारीले  साेमबार घटनास्थलमै पुगेर प्रति परिवार रु.२५ हजार नगद र खाद्यान्न वितरण गनेका हुन । राहत वितरण गर्दै मन्त्री भण्डारीले तत्कालिन व्यवस्थाका लागि रु.१० हजार थप्ने र उनीहरुको पुनःस्थापन नहुञ्जेल खाद्यान्न सामग्री उपलब्ध गराउने बताएका थिए ।

घटना स्थलको अवलोकन गर्दै त्यसको प्राविधिक प्रतिवेदन तयार गर्न प्राविधिक समितिलाइ निर्देशन समेत मन्त्री भण्डारीले दिएका थिए ।  उहाँले मृतकका बालबालिकाको निःशुल्क पठनपाठन गर्ने व्यवस्थाका लागि पहल गर्ने समेत जानकारी दिए । जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुँदै विपद् जोखिमको लागि पूर्व तयारी गर्न समितिलाई निर्देशन दिएका थिए । पहिरोमा सन्तान गुमाएका परिवारहरुको अस्थायी बासस्थानमा पुगेर कानूनमन्त्री भण्डारीले मृतक आत्माको चिर शान्तको कामना एवम् श्रद्धाञ्जली व्यक्त तथा शोकाकुल परिवारजनमा समवेदना प्रकट समेत गरेका थिए ।

त्यस्तै सदरमुकाम आसपासका उच्च जोखिम बस्तीहरु पुनस्थापनका लागि विस्तृत प्रतिवेदन तयार गर्न पनि निर्देशन दिईएको छ । यस्तै प्रदेश सभा सदस्य गणेश प्रसाद सिंहले जाजरकोट जिल्ला सधै रोग भोगमा ढुबन बाध्य भएकोले सम्बन्बन्धीत सबैले यसबाट सतरकता अपनाउन आग्रह गरे । भेरी करीडोरमा हाल सम्म बटुवा हरुले दैनीक सास्ती भोगदै आएकोमा आगामि दिनमा सम्बन्धीत निकायहरु चनाखो भएर लाग्नु पर्ने बताए । जाजरकोट जिल्लाम भयानक ठुला दुर्घटनाहरु बर्षे भोग्दै आएकोले यस्ता उच्च जोखिम्मा रहेका बस्तीहरु लाई बिस्ताबित गर्नको लागि स्थानिय सरकार प्रदेश सरकार बिशेष ध्यान दिनु पर्नेमा जोड दिए ।

यस्तै प्रदेश सभा सदस्य कौशिलावती खत्रिले जाजरकोट जिल्लाम प्रत्यक बर्ष भयानक बस दुर्घटना बाढिपहिरो लगाएतका दुर्घटनामा ग्रसित जिल्लाम जाजरकोट रहेकोले यस जिल्लामा भएको मानबिय तथा भौतीक क्षती प्रति प्रदेश सरकारको गहिरो ध्यानाकष्ण भएको संसद खत्रिले बताईन । सोमवार जाजरकोटको बाढि पहिरोमा ज्यान गुमाएकाहरुलाई राहत बितरण गदै आगामि दिनमा जिल्लाका दैबीक उद्धार समिति चनाखो भएर लाग्नु पर्नेमा जोड दिइन ।


 पिडितहरुको अभिवाभक बन्दै संसद खत्रि
जाजरकोट जिल्लाको क्षेत्र न (ख) बाट समानुपातिक बाट निर्वाचित संसद कौशिलावती खत्रि जाजरकोटको भेरी नगरपालिका ३ ठाटिमा गएको पहिरोमा ज्यान गुमाएका पिडितहरुको आसु पुछदै अभिवाभकको जिम्मेरी पुरा गरेकि छन । जिल्ला सदरमुकाम खलगाको बृद्धाआस्रममा रहेका पिडितहरुको आखाको आसु पुछदै संसद खत्रिले अभिवाभकको जिमा पुरा गरेकिछन । 


यस्तै प्रदेश सभा सदस्य कृष्णा शाहको पनि कार्यक्रममा उपस्थीति रहेको थियो । त्यसको नेपाल सरकार अन्तरगत जिल्ला विपद व्यवस्थापन समितिको आज बसेको बैठकले मृतक परिवारलाई जनही रु.एक लाख दिने गरेको प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले जानकारी दिए ।

(फोटो फिचर)

 


ताजा समाचार