Loading... आजः आइतवार, फाल्गुन २३, २०७७
Trending

उद्योग बाणिज्य संघ जाजरकोट द्धारा राहत रकम हस्तान्तरण ।

जाजरकोट ,२१साउन । जाजरकोटकाे भेरी नगरपालिकाकाे ठाटिमा गएको पहिरामा परि ज्यान गुमाएका अाफन्त लाई उद्योग बाणिज्य संघ जाजरकोटले राहत रकम हस्तान्तरण गरेको छ ।

उद्योग बाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्ण बहादुर खत्री लगाएत अन्य पदाधिकारीहरू जिल्ला अस्पताल जाजरकोटमा पुगि जिल्लामा भएको धनजन प्रति दु:ख ब्यक्त गर्दै मृतक जनही २५ सयका दरले ८ जना मृतक र १ जना घाइतेलाई राहत रकम हस्तान्तरण गरिएको उद्योग बाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्ण बहादुर खत्रीले जानकारी दिए

। अाईतवार बिहान देखि उद्धारमा खटिएको नेपाल प्रहरी , सस्त्र प्रहरी ,नेपाली सेना , लगाएत पहिरो उद्धारमा खटिएका सम्पूर्ण लाई बतल वाटरको बेबस्था मिलाएको थियो ।

उता अनेरास्ववियु(क्रान्तिकारी ) जिल्ला सँगठन समिती ,जाजरकोट ले पनि घटना प्रति दु:ख ब्यक्त गर्दै एक प्रेश बिज्ञप्ती जारी गरेको छ । बिज्ञप्तीमा उल्लेख गरिएको छ । शनिबार रातिदेखि परेको अबिरल बर्षाका कारण जाजरकोट सदरमुकाम ठाँटिबजार देखि कोइरालि जाने बाटोबाट पानिनाउलातिर बिहाना ७ बजेतिर गयको पहिरोले बारेकोट गाउँपालिका ४ कि ५ बर्षिय नजम बाेहरा, भेरी नगरपालिका ६ का अन्दाजी २८ बर्षिय सितली लुहार, १० बर्षिय रन्जना लुहार, ७ बर्षिय मनिसा लुहार, ३ बर्षिय भगवती लुहार कुशे ५ का १३ बर्षिय छाेरा नरेन्द्र परियार ११ बर्षिय नवीन परियारकाे पुरियर मृत्यु भइ लास फेला परेकाे र अझै दुई जना हराई रहेको दुखद घटनाले हाम्रो सँगठनलाइलाई स्तब्ध बनायको छ।

हराइरहेका दुई जनाकाे खाेजी कार्यमा लाग्न र उद्धारमा सक्रियतापुर्बक लाग्न पार्टी मातहत कमिटी र जनबर्गिय सँगठनका कमरेडहरुलाइ निर्देशन गर्दछौ। साथै उक्त घटनामा परि घाइते हुनुभयका भेरी नगरपालिका ६ का लाल बहादुर लुहार घाईते शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।

मृतकहरुको दिबंगत आत्माको चिर शान्तिको कामना शोकाकुल परिवारमा हार्दिक समबेदना प्रकट गर्दै अझै वर्षा जारी रहेकोले जोखिमपूर्ण स्थानमा रहनुभयका जनसमुदायलाई सुरक्षित स्थानतिर सार्नको लागि जिम्मेवारीपुर्बक यथाशीघ्र पहल गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दछौं ।

बिज्ञप्ति सार्वजनिक गरेको छ । जिल्लामा रहेका सम्पूर्ण संगठनहरुले समेत बिज्ञप्ति जारि गर्ने क्रम जारी रहेको छ ।


ताजा समाचार