Loading... आजः सोमवार, अशोज ४, २०७८

तत्काल आवश्यक सहयोग उपलब्ध गराउन मन्त्री बस्नेत ।


काठमाडौ २१,साउन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटको भेरी नगरपालिका –३ ठाँटीबजारमा पहिरोमा परी मृत्यु भएका परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने बताएका छन् ।आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतले पीडित परिवार तथा तिनका आफन्तलाई सहयोग उपलब्ध गराउने बताएका हुन् ।

उनले जारी गरीएको विज्ञप्तिमा भनिएको छ– घटनाबाट म स्तब्ध र मर्माहत भएको छु । सरकारका तर्फबाट गर्नुपर्ने उद्दार, राहत, पुनःस्थापना र घाइतेको उपचारका निम्ति आवश्यक पहल र व्यवस्था भइरहेका छ ।विज्ञप्तिमा उद्दार तथा राहत कार्यमा संलग्न स्थानीय प्रशासन, सुरक्षा निकाय, रेडक्रसकर्मी र स्वयंसेवकहरुप्रति उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ ।
अविरल वर्षासँगै गएको पहिरोमा परी दुईवटा घर पूर्णरुपमा क्षतिग्रस्त हुँदा एकै घरका ४ सहित ८ जनाको मृत्यु भएको छ । मन्त्री बस्नेतले मृतकका परिवार एवं आफन्तजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।आइतबार बिहान खसेको पहिरोले दुई घर पुरिँदा भेरी नगरपालिका वडा नम्बर–६ घर भई ठाँटीबजारमा डेरा गरी बस्ने शितली लोहार उहाँका छोरीहरु १० वर्षीया रञ्जना, ७ वर्षीया मनिषा र ३ वर्षकी भगवती सोही ठाउँकी ८ वर्षीया नज्मा बोहरा, १३ वर्षीया नरेन्द्र परियार र ११ वर्षका नवीन परियार तथा कुसे गाउँपालिका–५ का ८ वर्षीय दशरथ परियारको निधन भएको थियो । यस्तै पहरोमा परी लालबहादुर लोहार र तीर्थराज बोहरा घाइते हुनुभएको छ ।


ताजा समाचार