Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

अान्तरिक मामिला तथा कानुन मन्त्री भण्डारी सहितको टाेलि जाजरकोटमा ।

जाजरकोट ,२१साउन । अाईतवार बिहान गएको पहिरो प्रभावित क्षेत्र जाजरकोटमा सरकारका मन्त्री पुगेका छन् । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोली आइतबार जाजरकोट पुगेको हो ।

जाजरकोट सदरमुकाममा आईतबार पहिरो जाँदा ८ जनाको मृत्यु भएको थियो । आइतबार प्रदेशसभाको बैठकमा प्रदेश सभा सदस्यले जाजरकोट पहिरोको घटनाबाट पुगेको जनधनको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।

मन्त्री भण्डारी सहित संसद काैशिलावति खत्री ,गणेश प्रसाद सिंह ,कृष्णा शाह प्रभावित क्षेत्र भेरी नगरपालिका–३ जाजरकोट पुगेर आजै प्रतिपरिवार २५ हजार, खाद्यान्न र लत्ताकपडा वितरण गरिने जानकारी दिए ।

मन्त्री भण्डारीले भने ‘प्राविधिकसहितको टोली लिएर आज हामी घटनास्थल जाजरकोट जाँदैछौंँ, त्यहाँ पुगेर घटनाको विस्तृत अध्ययन गर्छौं र पीडित परिवारका उपयुक्त ठाउँको छनोट गरी तत्काल बस्ने व्यवस्था मिलाउँछौँ। ’ मन्त्री भण्डारीले पहिरो पिडीत क्षेत्रका घरपरिवारलाई वैकल्पिक व्यवस्था मिलाइने बताए ।


ताजा समाचार