Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

उपचारको क्रममा विरामिको निधन,चौरजहारी अस्पताल तोडफोड


अमरराज पुन
रुकुम । रुकुम चौरजहारी अस्पतालमा एक विरामीको उपचारको क्रममा निधन हुदा मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन ।

जाजरकोट भेरी नगरपालिका वडा नं १३ निवासी २९ वर्षिय यशोदा मल्ल रोकायको उपचारको क्रममा आज विहान निधन भएको थियो ।

मृगौला संक्रमणको समस्या हुदा ४ दिन अघि अस्पतालमा भर्ना भएर उपचार गराई रहेकि मल्ल रोकायको आज एक्कासी मुटको धडकन वढेर उपचारको क्रममा मृत्यु भएको अस्पतालका डाक्टर कालेव वुढाले जानकारी दिनुभयो ।

सामान्य मृगौलाको संक्रमण भएर अस्पतालमा उपचार गराई रहेकी मल्लको गलत सुईको कारणले गर्दा मृत्यु भएको आफल्तले आरोप लागाएका छन । मृतकका आफन्तले अस्पतालका सिसाहरु तोडफोड गरेका छन । अहिले पनि अस्पताल तानावग्रस्त रहेको छ ।

अस्पतालका डाक्टरले अस्पताल वाट गलत सुईको प्रयोग नभएको दावी गर्दै छानविन गर्न तयार रहेको र यदि कमजोरी भएको खण्डमा कारवाहि भोग्न तयार रहेको वताएका छन ।

अहिले अस्पतालमा तोडफोड भैरहेको छ । प्रहरीले २ रावउण्ड हवाई फायर गरेको छ । अस्पतालमा भर्ना भएका अन्य विरामीहरु उपचार सेवा वाट वञ्चित भएका छन ।


ताजा समाचार