Loading... आजः सोमवार, कार्तिक १०, २०७७

पहिरोले पुर्याएको क्षतिप्रति अखिल र अखिल क्रान्तिकारीद्वारा दु:ख ब्यक्त

जाजरकोट । जिल्लाको ठांटी बजार नजिकै पहिरोले पुर्याएको जनधनको क्षतिको अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी ले दु:ख ब्यक्त गरेका छन ।

आइतबार बिहान पहिरो जाँदा अहिले सम्म ८ जनाको ज्यान गैसकेको र केही हराइरहेको घटनाप्रती दुई विद्यार्थी संगठनले दुख ब्यक्त गरेका हुन ।

अखिल क्रान्तिकारी जाजरकोटका अध्यक्ष अटल आचार्य र अनेरास्ववियुका सचिब रामचन्द्र घर्तिले एक बिज्ञप्ति जरि गरि घाइतेको तत्काल उपचार गर्न सरकारसंग माग गरेका छन ।

पहिरोमा परि मृत्युहुनेहरु प्रती श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको तत्काल उपचार र आवश्यक राहतको ब्यबस्था गर्न दुई विद्यार्थी संगठनले जोडदार माग गरेका हुन । पहिरो पिडितका लागि आवश्यक राहत र उचित उपचारका लागि स्थानीय, प्रदेश र केन्द्र सरकार संग बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराएका छन ।

बिज्ञप्तिमा भनिएको छ : यस जटिल प्रस्थितिमा उद्दार कार्यमा संलग्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय, हाम्रो संगठनका विद्यार्थी कमरेड र पत्रकार लगायत सबैलाई धन्यवाद ज्ञापन गर्दछौ ।

यसै बिच भेरी नगरपालिकाले पहिरोमा परि ज्यान गुमाएका प्रती मृतक ३० हजार र घाइतेलाई २० हजार उपचार खर्च दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको आकश्मिक बैठकले यस्तो निर्णय गरेको हो ।


ताजा समाचार