Loading... आजः बुधबार, मंसिर १७, २०७७
Trending

पहिरो ज्यान गुमाउने ७ जनाको सनाखत उद्धार कार्य जारी


जाजरकोट,२० साउन । जाजरकोटको भेरी नगरपालिका वडान ३ मा गएको पहिरोमापरि ज्यान गुमाउने ७जनाको सनाखत भएको छ । पहिरोमा परि ज्यान गुमाउनेमा बर्ष ७ का नजना बोहरा,वर्ष २५ चीतल लुहार ,वर्ष ९का भगवती वि.क , वर्ष ३ कि मनिषा विक, वर्ष ६ कि रजना विक ,वर्ष १३ नरेन्द्र परियार ,वर्ष ११ का नविन परियार रहेको जिल्ला अस्पताल जाजरकोटले जनाएको छ ।

ज्यान गुमाउनेहरु खलंगा ठाँटी स्थित तिर्थराज बोहराको घरमा भाडामा बस्दै आएका थिए। त्यस्तै घरमुली पत्रकार तिर्थराज बोहराकी छोरी पनि मृत्यु भएको छ । जीवितै उद्धार गरिएका लुहारको जाजरकोट अस्पतालमा उपचार भैरहेको छ । छाती, टाउको र खुटटामा चोट लागेका लाल बहादुरको अवस्था गम्भीर रहेको बताइएको छ ।
यसै ठाउँमा गोपाल सुनारको घर पहिरोले पुर्दा त्यहाँ चार जना बालबालिका अझै हराइरहेका छन् । ती बालबालिकालाई घर सँगै पहिरोले पुरेको अनुमान गरिएको छ।प्रहरीका अनुसार हराइरहेकामा कुशे–६ ढिमेका १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नवीन परियार त्यसैगरी नलगाड–१ डाँडागाउका ८ वर्षीय गोविन्द परियार र १० वर्षीय दर्शक परियार रहेका छन् । हाल प्रहरी, सेना र स्थानीय उद्धारमा जुटिरहेका छन् । पुरिएको घर पन्छाएर पुरिएकाहरुको खोजी कार्य भइरहेको छ ।

पानी परिरहेको अप्ठेरो ठाउँ भएको र पानी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको उद्धार खटिएका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक इन्दजित सुनारले बताए । बिहान ८ बजे घटना भए लगतै प्रहरी घटनास्थलमा खटिएको थियो । पहिरोले गोपाल सुनारको घरका पूर्णरुपमा पुरेकाले उद्धारमा समस्या भएको उनले बताए ।


ताजा समाचार